ईंग्लिश प्रीमियर लीगः लिभरपूलको जीत अनि चेल्सीको हार, आर्सनलको ड्र

IMG-20230925-WA0158.jpg

२५ सेप्टेम्बरः ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा लिभरपूलले आफ्नो अजेय अभियान जारी राख्यो जबकि चेल्सीले चाहिँ फेरि हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा लिभरपूलले वेष्ट ह्यामलाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट मोहम्मद सलाहले १६औं (पेनल्टी), डार्विन नुनेजले ६०औं र डिओगो जोटाले ८५औं मिनटमा गोल गरे। यसरी वेष्ट ह्यामबाट जारोड बोवेनले ४२औं मिनटमा गोल गरे। यस जीतपछि लिभरपूल ६ वटा म्याचमा १६ पोइण्ट्स लिएर प्रीमियर लीग टेबलको दोस्रो स्थानमा पुग्यो। लिभरपूलले प्रीमियर लीगको जारी सीजनमा एउटा म्याच पनि हारेको छैन। यसरी वेष्ट ह्याम १० पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ।
यसबीच आर्सनल र टोटनह्याम हट्स्परबीच खेलिएको हाई भोल्टेज म्याच २-२-ले ड्र रह्यो। होम ग्राउण्डमा आर्सनलले दुईपल्ट बढ़त हासिल गरे पनि टोटनह्यामले सोन ह्युंग-मिनको २ गोलको सहायताले म्याच बचायो। दक्षिण कोरियाई फरवर्डले ४२औं र ५५औं मिनटमा गोल गरे। टोटनह्यामका डिफेण्डर क्रिस्टियन रोमेरोले २६औं मिनटमा आत्मघाती गोल गरेर आर्सनललाई बढ़त दिलाए। होम टीमबाट दोस्रो गोल बुकायो साकाले ५४औं मिनटमा पेनल्टीबाट गरे। अहिले यी दुई टीमसँग ६-६ वटा म्याचमा १४-१४ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा टोटनह्याम चौथो र आर्सनल पाँचौं स्थानमा रहेको छ। यसरी चेल्सीले चाहिँ एस्टन भिल्ला विरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। डिफेण्डर मालो गुस्तोले ५८औं मिनटमा रेड कार्ड देख्दा चेल्सीको टीम दशजना खेलाड़ीमा सीमित भयो। यस मौकामा ओली वाट्किन्सले ७३औं मिनटमा गोल गरी एस्टन भिल्लालाई जीत दिलाए। एस्टन भिल्ला अहिले १२ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ। यसरी अहिलेसम्म ६ वटा म्याच खेलेर केवल एउटा जित्ने चेल्सी ५ पोइण्ट लिएर १४औं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले शेफील्ड युनाइटेडलाई ८-०-ले अनि ब्राइटनले बोर्नमाउथलाई ३-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement