एशियन गेम्सः १० मीटर एयर राइफलमा वर्ल्ड रेकर्डको साथ स्वर्ण पदक जित्यो भारतीय टीमले

IMG-20230925-WA0150.jpg

२५ सेप्टेम्बरः भारतले चीनको हांगझोऊमा जारी १९औं एशियन गेम्समा स्वर्ण पदकको खाता खोल्यो। वर्ल्ड च्याम्पियन रुद्रांक्ष पाटिलको अगुवाईमा भारतको १० मीटर एयर राइफल टीमले शूटिंग प्रतियोगिताको दोस्रो दिन सोमवार वर्ल्ड रेकर्ड स्कोरको साथ देशलाई पहिलो स्वर्ण पदक दिलायो। त्यसपछि ऐश्वर्य प्रताप सिंह तोमरले व्यक्तिगत स्पर्धामा पनि काँस्य पदक जिते, जुन शूटिंगमा भारतको चौथो पदक हो। ऐश्वर्यले काँस्य पदकको लड़ाइँमा रुद्रांक्षलाई पछि छोड़े, जो चौथो स्थानमा रहे। ऐश्वर्यले तेस्रो स्थानको शूटअफ्-मा रुद्रांक्षलाई पछि छोड़ेर २२८.८ पोइण्ट्सको साथ काँस्य पदक जिते। ऐश्वर्य दक्षिण कोरियाका पार्क हाजुनलाई पछि छोड़ेर रजत पदकको दौड़मा पनि थिए तर अन्तिम शट्मा ९.८ पोइण्ट मात्र आउँदा उनी काँस्य पदकको होड़मा सामेल हुन वाध्य भए। व्यक्तिगत स्पर्धामा दक्षिण कोरियाका शूटरले रजत अनि चीनका शेंग लिहाओले २५३.३ पोइण्ट्सको वर्ल्ड रेकर्डको साथ स्वर्ण पदक जिते।
यसअघि रुद्रांक्ष, ओलम्पियन दिव्यांश पंवार र ऐश्वर्यको टीमले क्वालीफिकेशन राउण्डमा १८९३.७-को जम्मा स्कोरसहित चीन र दक्षिण कोरियाको मजबूत टीमहरूलाई पछि छोड़ेर स्वर्ण पदक जित्यो। यसअघिको वर्ल्ड रेकर्ड १८९३.३ पोइण्ट्सको थियो, जसलाई एक महिनाभन्दी कम्ती समय अघि चीनको टीमले अजरबैजानको बाकूमा भएको वर्ल्ड च्याम्पियनशीपको अवधि बनाएको थियो। टीम स्पर्धामा दक्षिण कोरियाले १८९०.१ पोइण्ट्सको साथ रजत अनि चीनको टीमले १८८८.२ पोइण्ट्सको साथ काँस्य पदक जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement