२५ सेप्टेम्बरः खरसाङ सब-डिविजनल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बोइज अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा हिल्स फूटबल एकाडमी लगातार तेस्रोपल्ट च्याम्पियन भयो। स्थानीय मण्टिभियट खेल मैदानमा आइतवार भएको फाइनलमा हिल्स एफए-ले जेआर३२ फूटबल एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। यसअघि खेलिएको पहिलो सेमिफाइनलमा हिल्स एफए-ले अम्बटियालाई ३-१-ले पराजित गऱ्यो। यसरी दोस्रो सेमिफाइनलमा जेआर३२ एफए-ले संस्कार एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। आइतवार खेलिएको प्रदर्शनी म्याचमा मकैबारी स्पोर्टिंग क्लबले पेनल्टी शूटआउटमा जीत हासिल गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको थियो अनि ग्रुप चरणका म्याचहरू १६ र १७ सेप्टेम्बरमा खेलिएको थियो। टुर्नामेण्टको समापन समारोहमा मुख्य अतिथिको रूपमा अमर लामा उपस्थित थिए, जो अमेरिकामा मल्टीनेशनल कम्पनीका सीईओ हुन्। यसबाहेक समाजसेवी टीटी लामा र मोहन योञ्जनको विशेष उपस्थिति रहेको थियो।