रविन्द्रनाथ हाई स्कूलको दुवै टीम विजयी

IMG-20230925-WA0141.jpg

२५ सेप्टेम्बरः मिरिक नजिक फुवागढ़ीमा जारी नक्आउट फूटबल टुर्नामेण्टमा सौरेनीको रविन्द्रनाथ हाई स्कूलको दुवै टीमले जीत हासिल गऱ्यो। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको पहिलो म्याचमा रविन्द्रनाथ हाई स्कूलले प्रगति युथ क्लब, मिरिकलाई ३-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा रविन्द्रनाथ हाई स्कूलको बी टीमले मिरिक युनाइटेडलाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। आयोजक समितिको पक्षमा प्रभाकर छेत्रीले बताएअनुसार, यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement