२७१६ स्पोर्टिंग र ग्लेनबर्न युनाइटेड सेमिफाइनलमा

photocollage_2023925111044232.jpg

२५ सेप्टेम्बरः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा २७१६ स्पोर्टिंगले ओमकार स्पोर्टिंगलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दीप राईले गोल गरे। यसरी दोस्रो म्याचमा ग्लेनबर्न युनाइटेडले बिर्जु सेभेनलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रोनाक सेवाले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३६ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement