गोराबारी र मौसम सेभेनको एकतर्फी जीत

IMG-20230925-WA0126.jpg

२५ सेप्टेम्बरः खरसाङ नजिक देवीस्थान स्पोर्टिंग क्लब, दिलारामको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। ग्राम सुधार समिति बीच गाउँको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत दिलाराम टी स्टेट फूटबल मैदानमा खेलिएको पहिलो म्याचमा गोराबारीले बतासियालाई ६-१-ले पिट्यो। विजेता टीमबाट आशिष गुरुङले २ गोल गरे। यसबाहेक अखिल तामाङ, अयुष तामाङ र शुभम राईले १-१ गोल गरे। एउटा गोल आत्मघाती रह्यो। यसरी बतासियाबाट सत्यम सुब्बाले १ गोल गरे। यसरी दोस्रो म्याचमा मौसम सेभेन, दुधियाले चटकपुरको टीमलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बिक्की रिजालले ह्याट्रिक गरे।

यसबाहेक अनमोल थापाले १ गोल गरे। आयोजक देवीस्थान स्पोर्टिंग क्लबका सचिव मनीष छेत्रीले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement