अष्ट्रेलिया विरुद्ध दोस्रो वनडे सहित सीरीज जित्यो भारतले

IMG-20230924-WA0292.jpg

२४ सेप्टेम्बरः भारतले वर्षा प्रभावित दोस्रो वनडे इण्टरनेशल क्रिकेट म्याचमा अष्ट्रेलियालाई डकवर्थ लुईस पद्धतिद्वारा ९९ रनले पराजित गऱ्यो। यसको साथै भारतले तीनवटा वनडे म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। इन्दौरको होल्कर स्टेडियममा आज टस हारेर पहिला ब्याटिंग गर्दै भारतले श्रेयस अय्यर र शुभमन गिलको शतकको साथमा कप्तान केएल राहुल र सूर्यकुमार यादवको अर्द्धशतकको सहायताले ५० ओभरमा ५ विकेट गुमाएर ३९९ रन बनायो, जुन अष्ट्रेलिया विरुद्ध भारतको वनडेमा अहिलेसम्मको सर्वाधिक स्कोर हो। गिलले ९७ बल खेलेर १०४ रन (६ वटा चौका र ४ वटा छक्का) बनाए।

यसरी श्रेयसले ०० बल खेलेर १०५ रन (११ वटा चौका र ३ वटा छक्का) बनाए। सूर्यकुमारले ६ वटा छक्का र ६ वटा चौकाको साथ ३७ बलमा अविजित ७२ रन बनाए जबकि राहुलले ३ वटा छक्का र ३ वटा चौकाको साथ ३८ बलमा ५२ रन बनाए। ईशान किशनले ३१ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा क्यामरुन ग्रीनले सर्वाधिक २ विकेट लिए पनि १० ओभरमा १०३ रन खर्च गरे। त्यसपछि अष्ट्रेलियाई टीम वर्षाले गर्दा ३३ ओभरमा ३१७ रन बनाउने संशोधित लक्ष्यलाई पिछा गर्दै २८.२ ओभरमा २१७ रन बनाएर अलआउट भयो। सीन एबटले सर्वाधिक ५४ र डेविड वार्नरले ५३ रन बनाए।

आठौं नम्बरमा ब्याटिंग गर्न ओर्लिएर एबटले ३६ बल खेलेर ५ वटा छक्का र ४ वटा चौका लगाए। भारतीय बलरहरूमा रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले ३-३ विकेट लिए। यसबाहेक प्रसिद्ध कृष्णाले २ र मोहम्मद शमीले १ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *