सिक्किम प्रोवेशनरी एण्ड रेगुलर टिचर्स एसोशिएशनको एक समन्वय सम्पन्न

IMG-20230924-WA0287.jpg

गान्तोक: सिक्किम प्रोवेशनरी एण्ड रेगुलर टिचर्स एसोशिएशनको एक समन्वय सभा हिजो रिनाक उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विशाल पोख्रेल रहेका थिए भने विशिष्ठ अतिथिमा ओबीसी कल्याण बोर्डका अध्यक्ष निर्पत गुरूङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै मुख्य अतिथि विशाल पोख्रेलले एडहक र नियमित शिक्षकहरूले भोग्नुपरेको प्रमुख समस्या समाधानबारे जानकारी गराए। सोही प्रकारले ओबीसी कल्याण बोर्डका अध्यक्ष निर्पत गुरुङले शिक्षकहरूको सुधारका लागि सरकारद्वारा शुरू गरिएको विभिन्न पहल र नीतिहरूबारे अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement