गान्तोक मेयरले गरे लाल बजारमा फोहोर मैला संग्रह केन्द्रको उदघाटन

IMG-20230924-WA0286.jpg

गान्तोक: गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्रीले स्वच्छ पखवडा र इन्डियान स्वच्छ लिग २.० अन्तर्गत लाल बजारमा फोहोर मैला संग्रह केन्द्रको उदघाटन गरे। कार्यक्रममा मेयर निल बहादुर छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए उपमेयर छिरिङ पाल्देन भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर छेत्रीले ठोस फोहोर व्यवस्थापन उपनियम र राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किमको निर्देशन अनुसार घरेलु जोखिमपूर्ण फोहोर केन्द्र स्थापना गर्नु अनिवार्य थियो र आज यसलाई सुरु गरिएको छ। भिजेको, सुख्खा र नसडने तीन प्रकारको फोहोर हुने गरेको उनले बताए। यसअघि मानिसहरूले फोहोर सङ्कलन गर्ने सवारीसाधनमा मिश्रित फोहोर फ्याँक्दै आएको जहाँ सफाइ कर्मचारीहरूले फोहोर छुट्याएर आवश्यक व्यवस्थापनको पहल शुरू गरेका थिए। गान्तोक नगरपालिकाद्वारा स्रोत पृथकीकरणमा निरन्तर आईसी कार्यक्रम सहित, भिजेको र सुक्खा फोहोरलाई स्रोतमा पृथकीकरण गरिन्छ जसले जीएमसीलाई फोहोरको उचित व्यवस्थापन गर्न सहयोग पुऱ्याउने अवगत गराए। यसै क्रममा जीएमसीका आयुक्त आरबी भण्डारीले घरेलु हानिकारक फोहोरहरू जस्तै ब्याट्री, ट्युबलाइट, बत्ती, रद्द गरिएको औषधि, लगायत अन्य १३ वटा सामग्री रहेको बताए। आज उद्घाटन गरिएको फोहोर संकलन केन्द्रमा ब्यवस्थापन हुने र मानिसहरूले फ्याँकेको जोखिमयुक्त फोहोरको विवरण अभिलेख राख्ने र पछि नियम र मापदण्डबमोजिम विसर्जन गरिने यसको सम्पूर्ण विवरण रजिष्टरमा दर्ता गरिने बताए।

उनले नियम र कानून अनुसार उचित व्यवस्थापन गर्न र स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या वा विपत्तिबाट बाँच्नको निम्ति फोहोर व्यवस्थापनमा सक्दो सहयोग गर्न जिएमसी अन्तर्गत बसोबास गर्ने जनतालाई आग्रह गरे।

उनले जीएमसीले आयोजना गरेको आईईसी कार्यक्रममा फोहोर व्यवस्थापनबारे सिक्न लालबजारका सरोकारवालालाई आग्रह गरे। जीएमसी ले जीएमसी वार्ड र क्षेत्रहरूमा सचेतना शिविरहरू सञ्चालन गरिरहेको कारण मानिसहरूलाई सचेत गराउनु हो ताकि स्रोत पृथकीकरणको प्रावधानहरू लागू गर्दा कोही पनि यस प्रणालीबाट अनजान नहोस्। स्रोत पृथकीकरण पूरा भएको खण्डमा डम्पिङ साइट ओभर बोर्डिङ भई फोहोर व्यवस्थापनका लागि जीएमसीले राम्रो काम गर्ने उनको भनाइ छ। उनले यसअघि आयोजना गरिएका सचेतना शिविरको नतिजा सकारात्मक रहेको बताउँदै आएका परिवर्तनहरू देखिँदै गएकाले जनता र पार्षदको साथ, सहयोग अपार रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *