विद्यासागर स्पोटिङ क्लबको पहलमा डे-नाइट फुटबल प्रतियोगिताको आयोजना

Screenshot_20230924_222655_Amazon.jpg

सिलगढी: सिलगढीको विद्यासागर स्पोटिङ क्लबको पहलमा दिवारात्रि फुटबल प्रतियोगिताको आयोजना गरियो भने यस प प्रतियोगितामा सिलगढी तथा यसको छेउछाउको इलाकाका मोठ १६ वटा टोलीले अंश ग्रहण गरेको छ। विशिष्ट पूर्व फुटबलर मनजित सिंहले उक्त टुर्नामेन्टको विधिवत् उद्घाटन गरे। उक्त टुर्नामेन्टमा विजयी टोलीलाई आकर्षक ट्रफी सहित एक लाख रुपियाँ अनि उप विजेता टोलीलाई ट्रफी सहित पचास हजार रुपियाँ प्रदान गरिनेछ। यसबाहेक अन्य पुरस्कारहरू पनि रहेको छ। फुटबल टुर्नामेन्टका कन्भेनर विनय कुमार चौधुरीले भने, समय सँगसँगै उक्त फुटबल प्रतियोगिता लोकप्रिय बन्दै गएको छ। गत २० वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आइरहेका छ। मैदान सानो भए तापनि यस प्रतियोगितामा नामी-दामी खेलाडीहरूले अंश ग्रहण गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *