गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पाङथाङमा ताज गुराँस कुटिर रेसर्ट एवं स्पाको उद्घाटन समारोहमा सहभागी बन्न जाने क्रममा पाङथाङ अनि वरपरका केही जनतासँग भेट गरे।
यस अवधि स्थानीय जनताले मुख्यमन्त्री समक्ष विभिन्न समस्याहरू अनि गुनासोहरू राखेका थिए।
अर्कोतिर, मुख्यमन्त्रीले पनि कतिपय समस्याहरूको तत्काल समाधान गरिदिएका थिए। यसैगरी, रहल आवेदनहरूलाई पनि यथाशीघ्र सम्बोधित गर्ने आश्वासन दिएको एसकेएमले प्रेस विज्ञप्तिमा जनाएको छ।