मुङराङमा खुल्ला फुटसल प्रतियोगिता जारी

n5408276881695570335403c2d7ef3e9077608bf37a56844a5854fcf67d47253a7fe02aca551f4f140d0840.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत लुङचुक-कमरे जीपीयूको मुङराङमा गान्धी जयन्तीको अवसरमा खुल्ला फुटसल प्रतियोगिता आयोजना गरिएको छ। उक्त प्रतियोगिता गत १५ सितम्बरदेखि शुरू भएको हो।

स्थानीय माउण्टेन बोइज र्स्पोटिङ कल्बले आयोजना गरेको यस प्रतियोगितामा जम्मा ३१ वटा दलले सहभागिता जनाएका छन्।

आजको एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित रहे। उनले आफ्नो सम्बोधनमा महात्मा गान्धीको जीवनीमाथि प्रकाश पार्दै गान्धी जयन्ती पालन गर्नुको महत्त्वबारे प्रकाश पारे।

आजको प्रथम खेलमा एकको विरूद्ध दुई गोल लगाएर सुम्बुक ड्रभाइर एसोसिएशनले सुम्बुक बोइजलाई पराजित गऱ्यो भने दोस्रो खेलमा एकको विरूद्ध दुई गोल लगाएर जोरथाङले तुरूङ विलिङ बोइजलाई पराजित गऱ्यो।

कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय पञ्चायत सभापति पिञ्चो लेप्चा, भूतपूर्व पञ्चायत सदस्य टीआर राई, एसमेएम पार्टीको स्थानीय वार्डस्तरीय समितिका अध्यक्ष चन्द्र मंगर, नाम्ची जिल्ला नारी शक्तिकी सदस्य छिक्की शेर्पा, एसएनटी विभागका पूर्व कर्मचारी सोनाम शेर्पा आदिको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *