जयन्ती मुखिया र विकास कुलुङका कृतिहरू लोकार्पित

n5408276861695570271671de3e027eeeef0fff071a18304d62258b0bd1c41aa051c76b531cd8f8e38c8bb1.jpg

नाम्ची: नाम्ची नगर परिषदको प्रेक्षागृहमा आज नाम्ची नगर परिषदका अध्यक्ष गणेश राईको मुख्य आथित्यमा दुई साहित्यक सर्जक क्रमशः जयन्ती मुखियाकृत कथा संग्रह ‘कोसे ढुङ्गा’ र विकास कुलुङकृत कविता संग्रह ‘क्षितिज पारी’ को दक्षिण सिक्किम साहित्य सम्मेलन र अलङ्कार प्रकाशन पश्चिम सिक्किमको संयुक्त आयोजनामा बिधिवत रुपमा लोकार्पण गरियो।

मुख्य अतिथिको आसनबाट बोल्दै अध्यक्ष गणेश राईले आफूले कुनै साहित्यिक रचनाहरु नलेखे पनि साहित्यको महत्व बुझेकाले साहित्यिक सर्जकहरुलाई जति सक्दो सहयोग पुऱ्याउने मन्तव्य प्रकट गरे। उनले दक्षिण सिक्किम साहित्य सम्मेलनलाई आफ्नो छुट्टै कार्यालयको बन्दोबस्त मिलाइ दिने वचन पनि दिए।

उक्त कार्यक्रममा कवि पेम नर्बु शेर्पा ‘ज्योति’, मिनु श्रेष्ठ, सन्ध्या गिरी, सुकिता सुमियोन आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा अलङ्कार प्रकाशनका मूल संयोजक मिलन थुलुङले अलङ्कार प्रकाशनले उत्कृष्ट कृतिहरुलाई अब उसो स्थान दिएर प्रकाशनमा ल्याउने मन्तव्य राखे।

कार्यक्रमलाई उपाध्यक्ष गणेश छेत्रीले सञ्चालन गरेका थिए। महासचिव सुरेश सुब्बाले स्वागत भाषण तथा साहित्य सचिव जीवन राईले धन्यवाद ज्ञापन दिएका थिए।

सो कार्यक्रममा दक्षिण सिक्किम साहित्य सम्मेलनका अध्यक्ष लगायत नाम्ची नगर परिषदका पार्षदगण, एसकेएम नारी प्रकोष्ठकी संयोजिका कला सुब्बा लगायत विभिन्न साहित्यिक महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement