क्योङसामा जिल्ला एवम् सत्र न्यायालयको अतिरिक्त भवनको उद्घाटन

IMG-20230924-WA0285.jpg

गान्तोक: गेजिङ जिल्ला अन्तर्गत क्योङसामा आज जिल्ला न्यायालय र सत्र न्यायलयको अतिरिक्त भवनको उद्घाटन गरियो। उद्घाटन कार्यक्रममा सिक्किम उच्च न्यायालयका मुख्य न्यायधीश विश्वनाथ सोमाद्दर मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने कार्यक्रममा शिक्षा विभाग मन्त्री केएन लेप्चा, पूर्व न्यायधीश एसपी वाङदी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दरले यस क्षेत्रमा कानुनी पूर्वाधारमाथि भएको विकास कार्यहरूबारे प्रकाश पारे। उनले कानूनको शासन र न्यायमा सबैको पहुँच सुनिश्चित गर्न बलियो र सुसज्जित न्यायिक प्रणालीको महत्त्वमाथि जोड दिए। गेजिङ जिल्लामा नवनिर्मित भवन र यस वरिपिरका जनतालाई सुलभ र प्रभावकारी न्याय प्रदान गर्ने न्यायपालिका प्रतिबद्धताको रहेको बताए।

न्यायालयको कारबाही सुचारुपमा सञ्चालन गर्नका लागि यो सुविधा आधुनिक र अत्याधुनिक पूर्वाधारले सुसज्जित रहेको उनले अवगत गराए। उनले यस परियोजनालाई सफल बनाउन सम्बन्धित विभाग र संलग्न सबैलाई धन्यवाद पनि दिए। यसै क्रममा भवन तथा आवास विभागका मुख्य अभियन्ता प्रविन कुमार प्रधानले यसको तकनिकी रिपोर्ट प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement