सिमुलबारी गोल्ड कपःसजिलै प्री-क्वार्टर फाइनलमा पुग्यो एनबीएफए

IMG-20230924-WA0274.jpg

२४ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा कालेबुङको नादोङ भूटिया फूटबल एकाडमी (एनबीएफए)-ले सजिलै प्री-क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा एनबीएफए-ले बोडो (मेची) एसएससी, अलिपुरद्वारलाई ३-०-ले पराजित गऱ्यो। म्याचमा एनबीएफए-बाट तान्दिन तामाङ र सोनम शेर्पाले गोल गरे। एक गोल आत्मघाती रह्यो। विजेता टीमका खेलाड़ी पाल्देनलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने म्याचमा सिक्किम हिमालयन स्पोर्टिंग क्लब र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ।

यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १० अक्टोबरमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement