तीनधारे चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

IMG-20230924-WA0269.jpg

खरसाङ: रोटरी क्लब सिलगढीको आयोजनामा तीनधारे चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। उक्त नि:शुल्क आँखा जाँच शिविरमा सिलगढीबाट तीनजना आँखाका डाक्टरहरू र लायन्स क्लबका तीनजना टेक्निसियनहरू उपस्थित रहेका थिए। यस शिविरमा रोटरी क्लबको तर्फबाट सभापति एके ठाकुर, उत्तर पूर्वका ईन्चार्च सुवाशिष च्याटर्जी, अनुराग बेन्वाला, सुशिल दुबे, मनोज कुमार, आदि उपस्थित रहेका थिए। उक्त नि:शुल्क आँखा जाँच शिविरमा तीनधारे चियाबारी क्षेत्रबाट जम्मा ९४ जनाले नि:शुल्क आँखा जाँच गराएका थिए। यी ९४ जनामा १७ जनाको आँखाको ओपरेशन पनि रोटरी क्लबको तर्फबाट नि:शुल्क ओपरेशन गराउने भएको छ। यसको साथै नि:शुल्क रूपमा चश्माहरू पनि वितरण गरिने भएको छ। उक्त नि:शुल्क आँखा जाँच शिविरमा तीनधारे चियाबारीबाट सुकुमार बराइली, सनबहादुर तामाङ, कञ्चन तामाङ, अर्जुन छेत्री लगायत अन्यले सहयोग गरेका थिए। यस नि:शुल्क आँखा जाँच शिविर विषयमा रोटरी क्लब सिलगढीको सभापति एके ठाकुरले हामीले आज कमजोरवर्गको सेवाको लागि सहयोग गर्दै दिव्या दृष्टि दान गर्ने कार्य गरेको बताए।

उनले आज तीनधारे चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर आयोजना गरिएको र यसमा नि:शुल्क आँखा जाँचसितै नि:शुल्क चश्माहरू वितरण गरिएको अनि आवश्यक परेको खण्डमा ओपरेशन पनि नि:शुल्क गरिने जानकारी गराएका छन्। यसरी सनबहादुर तामाङले तीनधारे चियाबारीमा नि:शुल्क आँखा शिविरमा 94 जनाले आँखा जाँच गराएको र १७ जनाको ओपरेशन नि:शुल्क गरिने भएको बताएका छन्। उनले तीनधारे चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर आयोजनाको लागि सबैको पक्षमा रोटरी क्लब सिलगढीलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement