वाराणसी: अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी) को पहलमा आषाढ़ पूर्णिमा धर्म चक्र प्रवर्तन दिवसमा बुधबार सारनाथमा आयोजित कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्दले भीडियो रिकर्डेड सन्देश दिए। यस अवधिमा राष्ट्रपतिले भने, ‘महात्मा बुद्धको आदर्शहरूमा हिँड़ेर हामी संवेदनशील विश्वको निर्माण गर्नसक्छौं। भगवान बुद्धको परिनिर्वाणपछि उनीसित जुड़ेको शिक्षा स्थलमा अनेक मठ, विश्वविद्यालय, तीर्थ स्थलको रूपम स्थापित भयो। यो ज्ञान र अनुशासनको केन्द्र हो। आज यी सबै स्थलहरू बुद्ध सर्किटको अंग हुन्। देश विदेशका तीर्थयात्रीहरूको साथ धार्मिक पर्यटकहरूलाई यिनीहरूले आफूतिर आकर्षित गर्छन्। सौभाग्यले बिहारको राज्यपाल र देशको राष्ट्रपतिको रूपमा बौद्ध समारोहहरूमा भाग लिने अवसर प्राप्त भयोl’
राष्ट्रपतिले भने, ‘भगवान बुद्धको स्मृतिमा निर्मित सांची स्तूपाको बनावट राष्ट्रपति भवनको पहिचान हो। राष्ट्रपति भवनको डोमको बनावट सांची स्तूपामाथि आधारित छl’ कार्यक्रममा प्रदेशकी राज्यपाल आनन्दीबेनले भनिन्, ‘भगवान बुद्ध समरसतामाथि जोड दिने सामाजिक समानताको समर्थक थिए। उनले बुद्धि र विवेकको शरणमा जाने सन्देश दिएका थिए। भगवान बुद्धका उपदेशहरूलाई अपनाएर नै विश्वमा फैलेको अराजकताबाट मुक्ति पाउन सकिन्छ।
ज्ञात होस्, आजकै दिन भगवान बुद्धले आफ्ना प्रथम शिष्यहरूलाई प्रथम उपदेश दिएका थिए। यही अवसरमा पूरा विश्वका बौद्धले हरेक साल यसलाई धर्म चक्र प्रवर्तन दिवसको रूपमा मनाउने गर्छन्। यो दिन विश्वभरिका बौद्धहरूद्वारा धर्म चक्र प्रवर्तन वा ‘धर्मको चक्र घुमेको’ को दिवसको रूपमा पनि मनाइन्छ। यो दिन बौद्धहरू र हिन्दुहरू दुवैद्वारा आ-आफ्ना गुरूहरूप्रति सम्मान व्यक्त गर्नका लागि ‘गुरू पूर्णिमा’ को रूपमा मनाइन्छ। गत वर्ष २०२०-२१ मा यो समारोह राष्ट्रपति भवनमा आयोजित गरिएको थियो। दुवै अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले मुख्य भाषण दिएका थिए अनि प्रधानमन्त्री नेरन्द्र मोदीले पूर्व रेकर्डेड सन्देश दिएका थिए। कार्यक्रममा देश विदेशबाट आएका ५०० बौद्ध भिक्षुले भाग लिए।