करेन्टको चपेटमा परी आमा-छोराको मृत्यु

00-1-Chhetriya-Samachar-1

जलपाइगढ़ीः करेन्ट लाग्दा आमा-छोराको मृत्यु भएको छ। घटना आइतवार वार्ड नम्बर ११ को आदरपाड़ा क्षेत्रमा घटेको हो। मृतकाको नाम ननिबाला राय (५५) र छोरा टिङ्क राय (३२) बताइएको छ। सूचना पाएर फायर ब्रिगेड, पुलिस र बिजुली विभागका कर्मचारी घटनास्थलमा पुगे।

जानकारी अनुसार, टिङ्कूको पक्का घर नजिक एउटा फूसको घर छ। जहाँ आमा र छोरा बस्छन्। ननिबाला आज घरबाट निस्किने क्रममा जस्तै टीनको दैला खोलिन् उनी करेन्टको चपेटमा परिन्। उनी चिच्याएको सुनेर टिङ्कू घटनास्थलमा पुग्यो। आमालाई भूईमा लड़ेको देखेर, आमालाई समात्न पुग्यो र करेन्टमा चपेटमा पऱ्यो। यसपछि स्थानीय मानिसहरूले दुवैलाई गम्भीर अवस्थामा अस्पताल पुऱ्याए, जहाँ चिकित्सकहरूले दुवैलाई मृत घोषित गरे। घटनापछि क्षेत्रमा शोकको लहर छ। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement