डुवर्सका चिया कमानहरूमा करम पूजाको तयारी शुरू

00-1-Chhetriya-Samachar-1

अलिपुरद्वारः भोली करम पूजा हो र आगामी मंगलवार करम विसर्जन। करम पूजा आदिवासी समुदायको सबैभन्दा राम्रो र सबैभन्दा ठूलो पर्वहरूमध्ये एक हो। जसले गर्दा डुवर्सका चिया कमानहरूमा करम पूजाको तयारी शुरू भएको छ। वस्तुतः डुवर्सका सबै चिया कमानमा हरेक साल करम पूजाको बड़ो धूमधामले आयोजन गरिन्छ। यस वर्षपनि करम पूजाको तयारी आइतवारदेखि शुरू भएको छ।

यद्यपि, गत चार दिनदेखि डुवर्समा भारी पानी परिरहेछ। आजपनि बिहानैदेखि पानी परिरहेछ। भारी पानी परेपनि डुवर्सका चिया कमानहरूमा करम पूजाको तयारीहरू धूमधामले चलिरहेछ। सार्वजनिक करम पूजा कमिटीका सचिवले भने, भोलीदेखि पूजा शुरू भइऱहेछ र यसको तयारी चलिरहेछ। यद्यपि, पानी परेकोले केही असुविधा अवश्य भइरहेछ। यस पाली करम पूजामा २० हजार मानिसहरू जमा हुनेछन्। यस अवधि सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरिनेछ।

उल्लेख्य, करम पूजा झारखण्डको प्रमुख पर्वहरूमध्ये एक हो। यो पर्व झारखण्ड-बिहार बाहेक ओडिशा, बंगाल, छत्तीसगढ़ र असममा आदिवासी समुदायद्वारा धूमधामले मनाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement