फर्जी टेट परिक्षाको सीवीआई र ईडी जाँचको उठयो मांग

IMG-20230924-WA0245.jpg

अनित थापासंग लाज र शरम छ भने जीटीए चीफको पदभारबाट राजीनमा दिनु पर्छ: गोपाल

दार्जीलिङ: अनित थापासंग लाज र शरम छ भने उनले जीटीए चीफको पदभारबाट राजीनामा दिनु पर्छ भन्ने मांग हाम्रो पार्टी प्रबक्ता गोपाल परियारले गरेको छ। हाम्रो पार्टीको दार्जीलिङ महकुमा प्रबक्ता गोपाल परियारले एक प्रेस विज्ञाप्ति जारी गरेर जीटीए चीफ अनित थापाले आफ्नो पदभारबाट राजीनमा दिनु पर्ने मांग गरेको छ।प्रबक्ता परियारले गत १४ फरवरी २०२१ मा जीटीएद्वारा आयोजित टेट परिक्षा फर्जी रहेको आरटीआई जवाफले प्रमाणित भएको छ। जीटीएले टेट परिक्षाको आयोजना गर्दा अनित थापा जीटीए चेयरम्यानको पदभारमा कार्यरत थिए। अनित थापा लगायत पार्टीको तीन चार जना कार्यकर्ताहरूले गुप्त मिटिङ गरेर टेट परिक्षाको आयोजना गरेका थिए। अनित थापाले फर्जी टेट परिक्षाको आयोजना गरेर पहाडको शिक्षित भाइ वहिनीहरूको भावनासंग खेलवाड गर्ने काम गरेको छ।ती शिक्षित भाइ वहिनीहरूलाई न्याय दिलाउँन हाम्रो पार्टीले आफ्नो गोजीको पैसा खर्च गरेर न्यायलय जानेछ अनि पिडित एंव भूक्तभोगीहरूलाई न्याय दिलाउँने छ प्रबक्ता परियारले भने। जीटीए चीफको पदभारमा अहिले अनित थापा रहेको छ। अनित थापाले के बोल्छ अनि के काम गर्छ अनि मैले यो कुरा धेरै अधिदेखि नै भन्दै आएको हो।फर्जी टेट परिक्षाको सीवीआई र ईडी जाँचको हामी मांग गर्ने छौ प्रबक्ता परियारले भने। जीटीएको सत्ता चैकीमा बस्ने राजनैतिक दलको नेतृत्वहरूले पहाडको जनताले भोट दिएको हो तर तिनै राजनैतिक दलको नेतृत्वहरूले जनतासंग नै विश्वासघात गरेको छ,यिनीहरूले जनताको भावनासंग खेल्ने काम गर्दैछ यस्ता विश्वासघातीहरूलाई सत्ता चैकी बस्ने कुनै नैतिक अधिकार नरहेको प्रबक्ता परियारले बताए।

About Author

Advertisement