एशियन गेम्सः अर्जुन-अरविन्दले नौकायनमा जिते रजत पदक, कक्स एट टीम दोस्रो स्थानमा

IMG-20230924-WA0241.jpg

२४ सेप्टेम्बरः भारतीय नौकायन खेलाड़ीहरूले एशियन गेम्समा आइतवार असल शुरुवात गर्दै दुईवटा रजत र एउटा काँस्य पदक जिते। बिहान अर्जुन लाल जाट र अरविन्दर सिंहले पुरुष लाइटवेट डबल स्कल स्पर्धामा रजत पदक जितेर भारतको निम्ति खाता खोले। भारतीय जोड़ी ६:२८.१८ सेकेण्डको समयसहित दोस्रो स्थानमा रह्यो। चीनका जुञ्जी फान र मान सुनको जोड़ीले ६:२३.१६ सेकेण्डको समयसहित स्वर्ण पदक जित्यो। उज्बेकिस्तानका शखजोद नुरमातोव र सोबिरजोन सफरोलियेवको जोड़ीले काँस्य पदक हासिल गऱ्यो। पुरुषहरूको कक्स एट स्पर्धामा भारत र चीनबीच रोमाञ्चक प्रतिस्पर्धा भयो, जसमा भारतीय टीम ५:४६.०१ सेकेण्डको समय लिएर दोस्रो स्थानमा रह्यो। चीनले २.८४ सेकेण्ड छिटो समय निकालेर स्वर्ण पदक जित्यो। भारतीय टीममा नीरज, नरेश कलवानिया, नीतिश कुमार, चरणजीत सिंह, जसविन्दर सिंह, भीम सिंह, पुनीत कुमार र आशिष सामेल थिए। जापान र उज्बेकिस्तान जस्तो नौकायनको धुरन्धर टीमहरू पाँचौं र चौथो स्थानमा रह्यो। कक्सलेस पेयर स्पर्धामा भारतका बाबूलाल यादव र लेख रामले काँस्य पदक जिते, जसले ६:५०.४१ सेकेण्ड समय लिए। यस स्पर्धामा हंगकंगले स्वर्ण र उज्बेकिस्तानले रजत पदक जित्यो। भारतले नौकायनमा ३३ सदस्यीय टीम पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement