टेट परिक्षाको नाममा ठूलो भष्ट्रचार भएको छ: वीरेन्द्र रसाइली
दार्जीलिङ: फर्जी टेट परिक्षाको विरूद्व हाम्रो पार्टीले न्यायलयको ढोका खट खटाउँने भएको छ। हाम्रो पार्टीको केन्द्रीय कानूनी सल्लाकार एंव बरिष्ठ अधिबक्ता वीरेन्द्र रसाइलीले बताए अनुसार जीटीएद्वारा आयोजित टेट परिक्षा फर्जी प्रमाणित भएको बताउँदै आयोजित टेट परिक्षा विरूद्व आफुहरूले न्यायलयको ढोका खट खटाउँने बताएका छन।गत १४ फरवरी २०२१ को दिन जीटीएले टेट परिक्षाको आयोजना गरेको थियो। आयोजित टेट परिक्षामा ४४ हजार परिक्षार्थीहरूले परिक्षा मा अंश गहण गरेका थिए अनि प्रत्येक परिक्षार्थीहरूबाट फरमको नाममा २ सय ७० रूपियाँ गरेर लिएका थिए,जसको फलस्वरूप १ करोड १८ लाख ८० हजार रूपियाँ संग्रह भएको प्रमाणित हुन्छ अधिबक्ता रसाइलीले भने। तिनले अधि भने आयोजित टेट परिक्षामा भाग लिन रोजगारको निम्ति देश विदेश पूगेका पहाडका शिक्षित भाइ वहिनीहरूले आफुहरूले मेहनतले कमाएको रूपियाँ खर्च गरेर अब आफु जन्मेको ठाउँमा रोजगारको सपना बोकेर आएका थिए तर आयोजित टेट परिक्षाको परिणाम यतिका दिनहरू विति सक्दा पनि नआउँदा परिक्षार्थी भाइ वहिनीहरू तहस हुदै गई रहेका छन। यसै वीच दार्जीलिङको एक सचेत नागरिक फिन्जो वाङगेल गुरूङ ले राज्य सरकारको शिक्षा विभाग समक्ष आरटीआई दर्ता गरेका थिए। दर्ता गरिएको आरटीआईको जवाफमा विभागले टेट परिक्षा गराउँने क्षमता केवल राज्य सरकार संग मात्र रहेको साथै टेट परिक्षाको आयोजना गर्न जीटीएले राज्य सरकारको सम्बंधित विभागसंग कुनै अनुमति समेत नलिएको बताएका छन अधिबक्ता रसाइलीले जनाएका छन।टेट परिक्षाको आयोजना गर्ने जीटीएसंग क्षमता थिएन तर पनि जीटीएले टेट परिक्षाको नाम गरेर ठूलो रूपियाँ संग्रह गर्ने काम गरेको छ,जसलाई तपाई हामीले घोटालाको संज्ञा दिनु सकिन्छ तिनले भने। जीटीएसंग टेट परिक्षा गराउने क्षमता नहुदा नहुदै पनि टेट परिक्षाको आयोजना गरयो अनि परिक्षार्थीहरूलाई एडमिट कार्ड आदि जस्ता नक्कली कागज पत्रहरू वितरण गरेको छ, जसलाई भष्ट्रचार, धाधली, चोरी आदिको संज्ञा दिनु सकिन्छ।यसको साथै शिक्षित भाइ वहिनीहरूको भावनासंग खेलवाड गर्ने कार्य भएको छ, यी सवै विषयहरूलाई लिएर हामी न्यायलयको ढोका खट खटाउँने छौ अधिबक्ता रसाइली ले बताए। तिनले अझ भने हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै पिडित एंव भूक्तभोगीहरूलाई सहयोग पूराउँने वाचा गर्दै आएको छ।यसैक्रममा गत केही दिन अधि मात्र आफु स्वयमले पनि पिडित भूक्तभोगीहरूलाई सहयोग गर्ने वाचा गरी सकेको छु, यी वाचा र विषयहरू लाई ध्यानमा राख्दै फर्जी टेट परिक्षाको विरूद्व हामी शीध्र नै न्यायलयको ढोका खट खटाउँन पूग्ने छौ भन्ने हाम्रो पार्टीको केन्द्रीय कानूनी सल्लाकार एंव बरिष्ठ अधिबक्ता वीरेन्द्र रसाइलीले बताएका छन।