खरसाङ: भारतीय जनता पार्टीको युवा मोर्चाद्वारा अाज खरसाङ महकुमा अस्पतालमा रक्तदान शिविरको आयोजना गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको ७३औं जन्मदिन साथै आगामी २ अक्टोबरको दिन हुने सेवा नै समर्पण कार्यक्रमलाई ध्यानमा राखेर आज उक्त रक्तदान शिविरको आयोजना गरेका छन्। खरसाङ अस्पतालमा बिमारीहरूलाई रगतको कुनै अभाव नहोस् भनेर उक्त रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। यस रक्तदान शिविरमा जम्मा १४ जनाले रक्तदान गरेका छन्। उक्त रक्तदान शिविरमा भाजयुमोको दार्जिलिङ जिल्ला अध्यक्ष निरज बान्तावा, महासचिव बिनय प्रसाद, सचिव राकेश सिंह, भाजपाको दार्जिलिङ जिल्लाको मिडिया प्रभारी चन्दन प्रसाद आदि उपस्थित रहेका थिए।

उक्त रक्तदान शिविर विषयमा भाजयुमो दार्जिलिङ जिल्ला अध्यक्ष निरज बान्तावा राईले पत्रकारहरूसित कुराकानी गर्दै भाजयुमोले रक्तदान शिविरको आयोजना गर्दै आईरहेको छ र भविष्यमा पनि आयोजना गर्नेछ भनी बताएका छन्। उनले यो रक्तदान शिविर प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसर पारेर अस्पतालमा रहेको रोगीहरूलाई रगतक कुनै अभाव नहोस् भनेर आयोजना गरेको बताएका छन्। त्यसरी नै भाजयुमो दार्जिलिङ जिल्ला महासचिव बिनय प्रसादले प्रधानमन्त्री नरेन्द्र मोदीको ७३औं जन्मदिन साथै आगामी २ अक्टोबरको दिन हुने सेवा नै समर्पण कार्यक्रमलाई ध्यानमा उक्त रक्तदान शिविरको आयोजना गरिएको बताएका छन्।