पढ्ने संस्कार विकास गर्न ‘हाम्रो किताब घर’को नौलो पहल

Kitab-Ghar-News-Photo

खोलाचन्द फाप्रीका विद्यार्थीहरूका लागि ६० वटा नेपाली पुस्तक प्रदान

कालेबुङ: नेपाली पुस्तकलाई घर घर पुऱ्याउँदै तथा पठन संस्कारको विकासमा महत्त्वपूर्ण कार्य गर्दै आउने ‘हाम्रो किताब घर’ले आज सिलगढीको खोलाचन्द फाप्रीका विद्यार्थीहरूका निम्ति साट्ठी लेखकको अलग अलग नेपाली किताब प्रदान गरेको छ। जसमा बाल साहित्यदेखि कविता, कथा हुँदै उपन्यास जस्ता पुस्तक पनि समावेश छन्। २०२० देखि निजी रूपमा सञ्चालन हुँदै आएको खोलाचन्द फापरी भानुभक्त जन पुस्तकालय मार्फत उक्त पुस्तकहरू क्षेत्रका विद्यार्थीहरूका निम्ति आज प्रदान गरिएको हो। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई साङ्स्कृतिकसँगै साहित्यिक महत्त्वको साथमा पनि लिनुपर्ने जनाउँदै उक्त किताब आज प्रदान गरिएको छ। लेखक विजय बान्तवा कैलाशी, सुजाता राई र हाम्रो किताब घरका आशिष लिम्बुको बाहुलीबाट उक्त पुस्तक प्रदान गरिएको थियो। प्राथमिक तहबाट नै नेपाली पुस्तकप्रति नानीहरूको रूचि बड़ाउन सके नेपाली साहित्यले थप व्यापकता पाउने भएकोले नै किताब घरले उक्त पहल शुरू गरेको बताइएको छ। किताब घरसँग जोँड़िदै आएका लेखक विजय बान्तवा कैलाशीले भने, ‘किताब घरले आफ्नै प्रयासमा यो कार्य गरिरहेको छ। हामी समाजका सबै तप्कासँग उनीहरूलाई थप सहोयग पुऱ्याउने आह्वान पनि गर्दछौँ। किनकि नेपाली साहित्य पड़्ने छैन भनेर गनगन गरेर मात्रै हुँदैन। पठन सङ्स्कृति विकासमा पनि कार्य हुन जरूरी छ।’ यता हाम्रो किताब घरका अभियन्ता छेवाङ योञ्जनले भने, ‘यस अघि नेपाली किताब भारतीय पाठकहरूको घर घरमा पुग्छ भन्ने कल्पनासमेत गर्न सकिँदैन थियो। तर, लगभग डेड़ वर्षको अन्तरालमा हामीले भारतको हरेक कुनामा किताब पुऱ्याउन सकिरहेका छौँ। जसको कारण सयौँ लेखक र हजारौँ पाठकहरू आज यस अभियानमा कुनै न कुनै रूपले जोड़िएका छन्। हामीले यसलाई केवल एउटा अभियानको रूपमा लिँदै आएका छौँ। जसले लेखक र पाठकलाई जोड़्ने कोशिश गर्नेछ।’ यतिमात्रै होइन नयाँ पाठक कसरी निर्माण गर्ने त? यसबारे हामीले साथीहरूसँग छलफल गऱ्यौँ। जसको फलस्वरूप हामीले प्राथमिक पाठशाला वा गाउँका साना साना पुस्ताकलयतिर किताब प्रदान गर्ने सोंच बनाएका छौं। जसको पहिलो पहल फाप्री स्कूलबाट शुरु भएको छl’ उनले अझ भने, ‘भारतीय नेपाली साहित्यलाई उचाइमा पुऱ्याउन हाम्रो किताब घरसँग स-साना तर विविध योजनाहरू रहेको छl’

 सो अवधि उपस्थित आख्यानकार छुदेन काविमोले पठन संस्कृति विकासका निम्ति हरेक तप्काबाट पहल हुनुपर्ने कुरामा जोर दिए। उनले भने, ‘नेपाली समाज एक दिन यस्तो बनोस्, जहाँ घर घरमा किताब सजिएको हुनेछ। नेपाली किताब पड़्दा गर्व गर्नसक्ने युवा पिढी जन्मिनेछ। यसको निम्ति लेखक र पाठक मात्र होइन, समाजको हरेक तप्काबाट पहल हुन जरूरी छ। हामी आह्वान गर्छौं, जसको पैसा छ तर समय छैन, उनले पड़्न चाहनेहरूका निम्ति नेपाली किताब किनेर दिनसक्नेछन्। नत्र घरमा किताब सजाएर राख्ने कार्य गरून्। यसो गरे, कसै न कसैले पक्कै त्यो किताब पड़्नेछन्। घरमा सजाइएको किताब र रोपिएको फूल एकै एकै हुन्, जसले तपाईँको घरको माहोल बदलाइदिनेछ। समाज बदलाइदिनेछ। यसको निम्ति सबैले आफ्नो हैंसियतको भूमिका किन निर्वाह नगर्ने?’ कार्यक्रममा स्कूलका विद्यार्थीहरूसँगै शिक्षक-शिक्षिका र क्षेत्रवासीको पनि उपस्थिति रहेको थियो। यता पुस्तकालयको पक्षबाट परिमल थापा र कृष्णा शर्माले किताब घरप्रति आभार व्यक्त गर्दै यस किसिमको पहलले पठन सस्कृतिमा सकारात्मक प्रभाव पर्ने दावी गरे। उनीहरूले भने, ‘हामीले नानीहरूलाई किताब पढाउने सक्दो कोसिस गरिरहेका छौँ। नेपाली पढ्न गाह्रो मान्नेहरूलाई आइतबार पढाउने कार्य पनि हामीले गरिरहेका छौँ। रेन्टमा चलिरहेको पुस्तकालमा यसरी सहयोग पाउँदा हामी धेरै आभारी बनेका छौंl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement