पहाडले दुइटा व्यवस्था पाउनुपर्छ र जीटीए जिल्ला परिषदभन्दा ठूलो हुनुपर्छ: विधायक रुदेन सादा लेप्चा

IMG-20230924-WA0213.jpg

दार्जिलिङ: आजको भेला भरतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एकल शक्ति हो। हामीले कसैकोबाट सापट मागेनौं। न पानीले, न पैह्रोले नै हामीलाई रोक्नु सक्यो भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष एंव कालेबुङका विधायक रुदेन सादा लेप्चाले आज दार्जिलिङको जनसभामा बताएका छन्। आफ्नो सम्बोधन राख्ने क्रममा विधायक रूदेन सादा लेप्चाले निरज जिम्बाको जीटीएलाई जिल्ला परिषदको शक्तिसहित जिम्मेवारी दिएको सूचना माथिको आलोचना माथि कटाक्ष गर्दै भने, “८६ मा १२०० शहीद जिल्ला परिषद बनाउनु भएको होइन। जिल्ला परिषद थियो त्यो समय। हामी जीटीएलाई जिल्ला परिषदको शक्ति दियो भनेर खुशी भएका होइनौं। तिमीहरू जिल्ला परिषदभन्दा माथि उठेका छैनौं भनेर त्यो केन्द्रको सूचनाले स्पष्ट बताउँछ। हामीले प्रशासनिक सुधारको कुरा गर्दै आएका हौं।कालेबुङमा जिल्ला परिषद हुनुपर्छ। पहाडले दुइटा व्यवस्था पाउनुपर्छ। जीटीए जिल्ला परिषदभन्दा ठूलो हुनुपर्छ। केन्द्रको नोटिफिकेसनले स्पष्ट बताई दियो कि जीटीए जिल्ला परिषदभन्दा सानो व्यवस्था रहेछ।’

विधायक लेप्चाले अघि भने, ‘अब भारतमा राजनीतिको समीकरण परिवर्तन हुँदैछ। भाजपाले पहाडमा राज्य गरेको १४ वर्ष भयो। तर अपुतो ठहरिएका सांसदहरू आए। १४ वर्षमा बीजेपीले गोर्खाको आकांक्षा माथि एउटा काम पनि गरेको छैन। हामीले १४ वर्ष पर्ख्यौ। राम घर फर्कने बेला भयो। हामीले रामायण अधुरो पढ्नु हुँदैन।’
उनले अझ भने, हिजोकोले थन्काई राखेको खुद्रा समस्या हामी समाधान गर्दैछौं। अब पञ्चायतमा रोजगार खुलिन थालेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement