दार्जिलिङ: पश्चिम बंगाल राज्यको राज्यपाल जगदीप धङ्कर आज दार्जिलिङ आइपुगेका छन्। उनी कोलकोताबाट हवाई मार्ग भएर बागडोगरा विमान स्थलमा आएर सड़क मार्ग भएर पहाड़ आएका छन्। उनी दार्जिलिङ अपरान्ह १२.३० बजेतिर आईपुगेका थिए। उनलाई दार्जिलिङको राज भवनमा गार्ड अफ् अनर दिइएको थियो भने उनी आज दार्जिलिङको राज भवनमा बसेका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी गत १२ जुलाईदेखि नै दार्जिलिङमै छन् भने आज राज्यको राज्यपाल पनि दार्जिलिङ पहाड़ आईपुगेका छन्। राज्यपाल जगदिप धङ्करले जीटीएको चिफ् एक्जीक्युटिभलाई सम्भवत भोलि शपथ ग्रहण गराउने भएको छ। यपापालीको जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेकोले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई राज्यको राज्यपाल जगदीप धङ्करले जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा शपथ ग्रहण गराउने भएको जानकारी प्राप्त भएको छ।