१३ अक्टोबर राष्ट्रिय सिनेमा दिवसको अवसरमा सबै मल्टिप्लेक्समा चलचित्रको टिकट ९९ रुपियाँ

00-1-Cinema-1

नयाँ दिल्ली: सिने प्रेमीका लागि खुशीको खबर छ। राष्ट्रिय चलचित्र दिवसको अवसरमा दर्शकले सस्तो मूल्यमा टिकट हेर्न पाउने भएका छन्। मल्टिप्लेक्स एसोसिएसन अफ इण्डिया अर्थात् एमएआईले बिहीबार घोषणा गर्‍यो कि यस वर्ष १३ अक्टोबरमा राष्ट्रिय सिनेमा दिवस मनाइनेछ। एमएआईले १३ अक्टोबरमा चलचित्र प्रशंसकहरूले प्रतिव्यक्ति ९९ रुपियाँमा देशभरका थिएटरमा चलचित्र हेर्न पाउने घोषणा गरेको छ। एमएआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि पीभीआर, अईनोक्स, सिनेपोल्स, मिराज र डिलाइट लगायत देशभरका चार हजार भन्दा बढी स्क्रिनहरूले राष्ट्रिय सिनेमा दिवस समारोहमा सहभागी हुन हात मिलाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यो विशेष अवसरमा सबै उमेरका मानिसहरु एक दिनको लागि सिनेमाको रमाइलो गर्न र यो वर्ष बक्स अफिसमा सफल भएका चलचित्रहरू मनाउन एकसाथ जम्मा हुन सक्नेछन्l’ यस सफलतामा योगदान गर्नुहुने सबै फ्यानहरूलाई हृदयदेखि धन्यवाद र ती सबै फ्यानहरूलाई खुल्ला निमन्त्रणा जसले अहिलेसम्म थिएटरहरू भ्रमण नगरेका छन्’, संघले भन्यो। एमएआईका अनुसार, चलचित्र प्रशंसकहरूले १३ अक्टोबरमा कुनै पनि चलचित्रको कुनै पनि शो रु० ९९ मा हेर्न सक्छन्, रिक्लिनर र प्रिमियम ढाँचा बाहेक। गत वर्ष २३ सेप्टेम्बरमा राष्ट्रिय सिनेमा दिवस मनाइएको थियो र एक दिनमा ६५ लाख मानिसहरूले देशभरका थिएटरहरूमा फिल्म हेरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *