अल्का याग्निक र अभिजित भट्टाचार्यको नेपाली गीत सार्वजनिक (हेर्नुहोस् भिडीयो)

बलिउडकी लोकप्रिय गायिका अल्का याग्निकले गाएको पहिलो नेपाली गीत ‘मन भए पिरती’ सार्वजनिक भएको छ। बलिउड र हिन्दी चलचित्रमा हजारौ हित गीत गाएकी अल्का याग्निकले नेपाली गीत गाएको भने यो पहिलो पटक हो। भारतकै अरु धेरै लोकप्रिय गायक गायिकाले भने नेपाली सांगीतिक क्षेत्र अनि चलचित्रका लागि धेरै गीतहरु गाइसकेका छन्। उनले यस गीत भारतकै अर्का लोकप्रिय गायक अभिजित भट्टाचार्यसँग गाएकी हुन्। भट्टाचार्यले अभिनेता श्रीकृष्ण श्रेष्ठको चलचित्र कोहिनूरमा पार्श्व गायन गरेपछि गाएको यो अर्को नेपाली गीत हो। सो गीत रिभाइभ एल्बममा समावेश छ। एबी ड्रिम्स क्रिएसन नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा मणि शर्मा रिजालको शब्द रचना र क्रिश रिजालको संगीत रहेको छ। भारतको मुम्बईमा अवस्थित एबी स्टुडियो एण्ड साना स्टुडियोमा सो गीत रेकर्ड भएको हो। उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र लचु शर्माको अभिनय रहेको छ। त्यसैगरी सुरेन्द्रमन सिंहले छायाङ्कन तथा सम्पादन र विशाल गुरुङले निर्देशन गरेका छन्। 👉 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement