चैतपानीको एकतर्फी जीत

IMG-20230924-WA0125.jpg

२४ सेप्टेम्बरः खरसाङ नजिक देवीस्थान स्पोर्टिंग क्लब, दिलारामको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार एउटा म्याच खेलियो। ग्राम सुधार समिति बीच गाउँको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत दिलाराम टी स्टेट फूटबल मैदानमा खेलिएको म्याचमा चैतपानीले तीनधारेलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट छिरिंग भूटियाले २ गोल गरे। यसबाहेक यांगदेन तामाङ र साहिल प्रधानले १-१ गोल गरे।

आयोजक देवीस्थान स्पोर्टिंग क्लबका सचिव मनीष छेत्रीले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement