सिक्किमका पूर्व स्वास्थ्य मन्त्रीलाई वेलायती संस्थाको अवार्ड

IMG-20230924-WA0105.jpg

चितवन(नेपाल): भारतको सिक्किमका पूर्व स्वास्थ्य मन्त्री तथा ख्याती प्राप्त छाला रोग विशेषज्ञ डा. मणिकुमार शर्मा (एमके) बेलायतको क्युमेट मेडिकल इन्ष्टिच्युटले शनिवार फेलोशिप आफ मेडिकल लिडरशीप मानर्थ अवार्ड दिएको छ।
चितवन मेडिकल कलेज भरतपुरमा आयोजित एक समारोहवीच छाला रोग विशेषज्ञ शर्मालाई भारतमा रहेर चिकित्सा क्ष्ँेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उक्त अवार्ड दिइएको हो । क्युमेट इन्टरनेसनलका कार्यकारी निर्देशक डा. प्रकाश सुवेदी र क्युमेट इन्टरनेसनलकी एकाडेमिक निर्देशक डा. जिल आयालोटले संयुक्त रुपमा अवार्ड हस्तारन्तरण गरेका हुन् । शर्मासंगै नेपालकी चिकित्सक डा. दिव्यासिंह शाह र नाइजेरियन चिकित्सक डा. श्यामा हविवलाई पनि उक्त अवार्ड दिइएको थियो ।
शर्माले यसअघि दर्जन वढी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चिकित्सा अवार्डहरु पाइसकेका छन् ।
छाला रोगीहरुको उपचारमा संलग्न शर्मा पछिल्लो समय भने सिलिगुडीलाई केन्द्र वनाएर पूर्वोत्तर भारतकै विरामीहरुको उपचारमा सक्रिय छन् । उनी प्रेमसिंह गोले नेतृत्वको सरकारका पूर्व स्वास्थ्य मन्त्री पनि थिए ।
केही महिना अघि उनले सत्तारुढ दलप्रति असन्तुष्टी व्यक्त गर्दै राजीनामा दिएका थिए ।

वेलायतमा मुख्यालय रहेको क्युमेट इन्टरनेसनलले नेपालको स्वास्थ्य सेवाको रूपान्तरणमा मद्दत पुर्याउने उद्देश्य राखेर चितवन मेडिकल कलेजसंगको सहकार्यमा विभिन्न फेलोशिप कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *