चमर्ची फरेस्ट बस्तीमा निशुल्क स्वास्थ्य शिविर

5d3fee8b-5ede-476c-95da-b7a41b277eb2


बानरहाट- चमर्ची फरेस्ट बस्ती नव युवा संघ क्लबको तत्वधान अनि मुखर्जी अस्पताल सिलीगड़ीको सहयोगमा आज बुधबार फरेस्ट बस्ती स्थित चापाकल क्षेत्रमा निशुल्क स्वस्थ्य जॉंच शिविरको आयोजन गरिएको थियो| यस स्वास्थ्य परीक्षण शिविरमा मुखर्जी अस्पताल सिलीगड़ीबाट अस्पतालका एमडी डा. मैनाक मुखर्जी, शिशु रोग विशेषज्ञ डा. परमिता नन्दी ,जनरल फिजिशियन डा. प्रसनजीत सरकार सहित मुखर्जी अस्पतालका नर्स, टेक्निसियनहरू उपस्थित थिए| बिहानदेखि नै धेरै संख्यामा क्षेत्रका मानिसहरू स्वास्थ जॉंच गराउन शिविरमा पुगेका थिए मुखर्जी अस्पतालका एमडी मैनक मुखर्जीले भने ,आजको यस स्वास्थ्य शिविर स्थानीय नव युवा संघका सदस्यहरूको सहयोगले नै सफल भएको बताए| हामी डुवर्सको विभिन्न क्षेत्रहरूमा स्वास्थ्य शिविरको मार्फत मानिसहरूको सेवा गर्ने छौँ| हाम्रो लक्ष्य सबै दर्जाका मानिसहरूलाई स्वस्थ्य सेवा दिनु रहेको छ| प्रत्येक तीन महीनामा फेरि क्षेत्रमा यस प्रकरको स्वास्थ्य शिविर लगाएर मानिसहरूलाई सेवा प्रदान गरिने छ|

फरेस्ट बस्ती नव युवा संघ सभापति श्याम थापा, सचिव सुजीत बराईली अनि बाबा तामाङले भने, आज करीब एक सय भन्दा अधिक मानिसहरूले स्वास्थ्य परीक्षण गर्न शिविर आएका थिए| हामी हाम्रो क्लबको तर्फबाट पहिलो पटक निशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजन गरेका हौँ| आगामी दिनमा क्लबको माध्यमद्वारा अन्य सामाजिक कार्य गर्दै यस क्षेत्रका युवाहरूलाई सामाजिक कार्यप्रति प्रेरित गरिने बताए| यस स्वास्थ्य शिविरलाई सफल आयोजना गर्नमा नव युवा संघ क्लबका सबै सदस्यहरूको महत्वपूर्ण योगदान रहेको कारण सबैलाई धन्यवाद पनि जनाए| आजको निशुल्क स्वस्थ्य शिविर कार्यक्रममा अतिथिको रूपमा गोर्खा डेभलपमेन्ट बोर्डका भाइस चेयरमेन सन्दीप छेत्री, चमर्ची आउटपोस्टको ओसी केशाङ लामा, एएसआई कुमार गिरी,समाजसेवी सीताराम ठाकुर सहित अन्य उपस्थित रहेका थिए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement