काेलकत्ता। पछिल्लो पटकको च्याम्पियन रहिसकेको मोहन बागान सुपरजायन्टले आफ्नो जीतसँगै १०औं आईएसएल अभियान शुरु गरेको छ। शनिबार युवा भारती रंगशालामा भएको खेलमा मोहन बागानले पञ्जाब एफसीलाई ३–१ गोलले हराएको थियो भने पहिलो १० मिनेटमै कमिन्सले पछिल्लो पटकको च्याम्पियन टीम मोहनबगानलाई अग्रता दिलाएका थिए।

पेट्राटोसले ब्रेकअघि बगानका लागि दोस्रो गोल गरेको थियो। ब्रेकपछि दशौं आइएसएलमा नयाँ प्रवेश भएका पञ्जाबको निम्ति म्यासेनले एक मात्र गोल गर्न सके। तर म्यान अफ द म्याच मनवीरले पञ्जाबको गोल गर्ने आत्तुरतालाई धरासयी पार्दै मोहनबगानको जीत सुनिश्चित गरेको थियो।