कालेबुङ: कालेबुङको डेलो स्थित अप्पर ईच्छे शेर्पा गाँउ त्रिरत्न बौद्ध पार्कमा निर्माण गरिएको राष्ट्रिय चिन्ह अशोक स्तम्भको आज उत्घाटन समारोह सम्पन्न भइसकेको छ। डि.एल.एस.ए. कालेबुङ जिल्ला अध्यक्ष डाक्टर दुर्गा खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको यस कार्यक्रममा ठुलो संख्यामा दर्शनार्थीको उपस्थिति रहेको छ।
स्मरण गराईन्छ भारत सरकारले सन् १५० मा राष्ट्रिय चिन्ह बनाएको थियो। यस चिन्हलाई यहाँ डेलोमा पनि निर्माण गरिएको छ जसको औपचारिक उत्घाटन हुन लागेको हो।
राष्ट्रिय चिन्ह उत्घाटन समारोह समितिको संयोजकत्वमा यो कार्यक्रम सम्पन्न भइरहेको छ।