गान्तोक: आगामी २५-२८ सेप्टेम्बरसम्म मुख्यमन्त्रीको मंगन जिल्लाको भ्रमणलाई लिएर सडक एवम पुव विभाग मन्त्री साम्दुप लेप्चाको पहलमा पेन्टोकस्थित जिल्ला प्रशासन केन्द्रमा एक समीक्षा सभा सम्पन्न भयो। यस सभामा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री, पुलिस अधिक्षक सोनम देच्छु भोटिया, लगायत विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। मन्त्री समदुप लेप्चाले आफ्नो सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गर्दै उनको मंगन जिल्लाको भ्रमणको महत्वबारेमा प्रकाश पारे। उनले उपस्थित विभिन्न विभागका कार्यालय प्रमुख तथा सरोकारवाला प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्रीको भ्रमणबारेमा छलफल गरे। मुख्यमन्त्रीको भ्रमणलाई लिएर कतिपय कार्यक्रमहरू स्थागित गरिनु पर्ने र विशेष गतिविधिहरूलाई भने प्राथमिकता दिएर निरन्तरता दिनु पर्ने सुझाउ दिए।