गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले लोकसभ र राज्यसभामा भारी बहुमतले नारी शक्ति बन्दन अधिनियम महिला आरक्षण विधेयक पारित भएकोमा खुशी प्रकट गरेका छन्। यसरी नारी शक्ति बन्दन अधिनियम लोकसभा र राज्यसभामा भारीमतले पारित भएकोमा खुशी प्रकट गर्दै महिलाहरूको निम्ति ३३ प्रतिशत सीट आरक्षण पारित गर्नु ऐतिहासिक अनि गौरवपूर्ण विषय रहेको बताएका छन्। यस विधेयक पारित भएपछि देशका नारीहरू पनि प्रत्येक क्षेत्रमा सक्षम रहेको उदाहरण प्रस्तुत गरेको राज्यपालले जानकारी गराएका छन्। उक्त अवसरमा राज्यपालले राज्यका सम्मानित महिलाहरूको तर्फबाट नारी समर्थन अनि नारीहरूको उत्थानको निम्ति पारित विधायक प्रति उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारप्रति आभार प्रकट गर्दै सबै सश्कत महिलाहरूलाई बधाई दिएका छन्।