सिलगढ़ी: सिलगढ़ी नगर निगमको तर्फबाट कवि भानुभक्तको २०८औं जयन्ती आज सिलगढ़ी जंक्शनमा पालन गरियो। यस अवसरमा सिलगढ़ीको बाघाजतिन पार्कबाट एक शोभायात्रा पनि निकालियो। उक्त शोभायात्रा शहरका विभिन्न मार्गहरूको परिक्रमा गर्दै सिलगढ़ी जंक्शनमा पुगेर समाप्त भयो।
यसपछि जंक्शनस्तिथ भानुभक्तको प्रतिमामा सिलगढ़ी नगर निगमका डिप्टी मेयर रन्जन सरकार सहित निगमका चेयरम्यान प्रोतुल चक्रवर्ती, मेयर परिषद, बोरो चेयरम्यान र पार्षदहरूले माल्यार्पण गरे।