टेट परीक्षाको नाममा ठूलो घोटाला भएको हाम्रो पार्टीको आरोप

IMG-20230923-WA0252.jpg

दार्जीलिङ: टेट परीक्षाको नाममा ठूलो घोटाला भएको हाम्रो पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतमले बताएका छन्। गत २०२१ मा जीटीएको चौकीमा बस्नेहरूले बेरोजगारहरूको भोट हत्याउन टेट परीक्षाको आयोजना गरेको थियो। हामीले शुरूदेखि नै जीटीएले गराएको टेट परीक्षा फर्जी हो भनेर भनेका थियौं तर त्यस समय जीटीएको चौकीमा बस्ने राजनैतिक दलको नेतृत्वहरूले हाम्रो दावीलाई गलत रहेको बताउँदै बेरोजगारहरूलाई उनीहरूले आफ्नो जालमा फसाउन सफल बनेका थिए भनी बताएका छन्। जीटीएले आयोजना गरेको टेट परीक्षाबारे हाम्रो पार्टीको पक्षबाट बंगाल सरकारको सम्बन्धित विभाग समक्ष आरटीआई दर्ता गरेको थियो अनि उक्त आरटीआईको प्रति उत्तरमा जीटीएले आयोजना गरेको टेट परीक्षा फर्जी रहेको प्रमाणित भएको प्रवक्ता श्याम गौतमले बताएका छन्। उनले भने, जीटीएले टेट परीक्षाको आयोजना गर्दा परीक्षार्थीहरूलाई एडमिट कार्ड समेत जारी गरेको छ अनि परिक्षाको नाममा जीटीएले पैसा वसूल्ने काम पनि गरेको छ। जीटीएको चौकीमा बस्ने वर्तमान राजनैतिक दलको नेतृत्वहरूले नै त्यस समय पनि जीटीए सञ्चालन गर्दै थिए।राजनैतिक फाइदा उठाउन उनीहरूले टेट परीक्षा गराएका थिए भन्ने आरटीआईको जवाफमा प्रमाणित गरेको छ भन्ने प्रवक्ता श्याम गौतमले बताए।पहाडमा स्टिम छैन सिस्टम ल्याउँछु भन्नेहरू जीटीएको सत्ता चौकीमा पुगेका छन्। तर उनीहरूले सिस्टम ल्याउँछु भनेर पहाडको जनतासंग धोखा दिएको छ। सिस्टमको कुरा गर्नेहरूले सिस्टमकै धजिया उडाएको प्रवक्ता श्याम गौतमले बताए।पहाडको शिक्षित बेरोजगार भाइ बहिनीहरूले २ सय ७० रूपियाँको फरम भरेर दुर्गम क्षेत्रहरूमा पुगेर टेट परीक्षामा बसेका थिए। तर जीटीएको चौकीमा बस्ने राजनैतिक दलको नेतृत्वहरूले उनीहरूको बेरोजगारीपनको मजाक उडाउने काम गरेको छ। टेट परीक्षाको नाममा पैसा संग्रह गर्नको साथ साथै शिक्षित भाइ बहिनीहरूको मनोभावसंग खेल्ने काम पनि गरेको छ आरटीआईको जवाफले जीटीएको चौकीमा बस्नेहरूले फर्जी टेट परीक्षा गराएको थिएछ भन्ने आज प्रमाणित भएको छ अनि यसलाई हामी भष्ट्रचार, धाँधलीको भएको हामीले बुझेका छौं। टेट परीक्षामा बस्ने शिक्षित भाइ बहिनीहरूले तपाईहरूमाथि भएको धोखाको विरोधमा एफआईआर दर्ता गर्नु होस् तपाईहरूको कानूनी लडाईमा हामी तपाईहरूलाई साथ दिनेछौं भन्ने प्रवक्ता श्याम गौतमले बताए। कसैले आफ्नो राजनैतिक फाइदाको निम्ति यसरी बेरोजगार भाइ वहिनीहरूको मनोभावनासंग खेलवाड गर्नु राम्रो होइन। अनित थापाले युवा भाइ बहिनीहरूमाथि भएको धोखाको जिम्मेदारी लिनु पर्छ अनि उनले जीटीए चीफको पदभारबाट राजीनामा दिनु पर्छ भन्ने हाम्रो प्रवक्ता श्याम गौतमले मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement