जीटीएको सत्ता चौकीमा बस्नेहरूले जनताको लाचारीपनको फाइदा उठाएको छ: राब्गे राई
दार्जीलिङ: जीटीएको सत्ता चौकीमा बस्नेहरूले जनताको लाचारीपनको फाइदा उठाईरहेको छ भनी हाम्रो युवा शक्ति चिफ् को-अर्डिनेटर राब्गे राईले बताएका छन्। पूर्व घोषणा कार्यक्रम अनुरूप आज हाम्रो पार्टीको युवा एकाई युवा शक्तिले आज तकदाह तकलिङ समष्टिदेखि जन चेतना यात्रा आरम्भ गरेको छ। कार्यक्रमको शुभारम्भमा राष्ट्रपिता महात्मा गाँधी र स्वतन्त्र सेनानी शहीद दुर्गा मल्लको तस्वीर अघि दीप प्रज्वलन र खदार्पण गरेर प्रथममा गणेशको स्तूति गरिएको थियो।यसै क्रममा उपस्थित भीडलाई सम्बोधन गर्दै हाम्रो युवा शक्तिको चिफ् को-अर्डिनेटर राब्गे राईले आजदेखि शुरू गरिएको यो पैदल यात्रा जनताको हितमा गरिएको पैदल यात्रा रहेको बताए। यो पैदल यात्रा राजनीतिदेखि प्रेरित नभएको चिफ को-अर्डिनेटर राईले बताए। जीटीएको सत्ता चौकीमा बस्नेहरूले समस्त पहाडवासीलाई चारैतिरबाट लुटने, डग्ने, झुक्काउँने, हाम्रो उर्जाको राजनैतिक फाइदा उठाउँने हाम्रो शिक्षित युवा भाइ बहिनीहरूको बेरोजगारीको फाइदा उठाउने हामीलाई प्रयोग गर्ने, हाम्रो लाचारीपनको फाइदा उठाउने आदि जस्ता कार्यहरू गरी रहेको छ। पहाडको गाउँ बस्तीमा होस,चिया बगान, सिन्कोना बगान एंव शहरीय क्षेत्रहरूमा बसोबासो गर्ने तपाई हामीलाई केवल यसरी नै प्रयोग गर्ने कार्य मात्र गरिन्दैछ राईले भने। गत केही वर्ष अघि जीटीएको सत्ता चौकीमा बस्नेहरूले हाम्रो शिक्षित भाइ बहिनीहरूलाई नोकारीको प्रलोभन देखाउँदै टेट परीक्षाको आयोजना गरेको थियो। त्यस समय हामीले भन्दै थियो यो टेट परीक्षा फर्जी हो भनेर। जीटीएको वर्तमान पीआरओले जीटीएद्वारा आयोजना गरिएको टेट परीक्षा सही हो की सही हो भन्दै चिच्चाउँदै थिए। तर हाम्रो पार्टीको एक कार्यकर्ताले यसबारे राज्य सरकारको सम्बन्धित विभाग समक्ष आरटीआई दर्ता गरेको थियो अनि उक्त आरटीआईको प्रति उत्तरमा टेट परीक्षा गर्ने क्षमता जीटीएसँग नभएको स्पष्टसँग जानकारी गराएको छ साथै टेट परीक्षा गर्नलाई जीटीएले अनुमति पनि लिएको थिएन भन्ने जानकारी गराएको चिफ् को-अर्डिनेटर राईले बताए। पहाडको शिक्षित जमातले टेट परीक्षामा बसेर आफुहरू शिक्षक एंव शिक्षिका बन्ने सपनाहरू राखेका थिए।

जीटीएको चौकीमा बस्नेहरूले झूठो प्रलोभन देखाएर जनताको भोट लुट्ने काम गरेको छ साथै अवैध रूपमा पैसा उठाउने काम पनि गरेको छ भन्ने चिफ् को-अर्डिनेटर राईले बताए।हाम्रो पार्टीको युवा शक्तिले जीटीएलाई टेट परीक्षाको नाममा उठाएको पैसा फिर्ता गरिदिने अनुरोध गर्दै पत्रचार गरेका थियौं। तर आजसम्म त्यसको कुनै जवाफ आएको छैन। कोरोना संक्रमणकालमा जीटीए रिलिफ फण्डको पैसा जसरी चपाएको छ त्यसरी नै टेट परीक्षाको नाममा उठाएको पैसा पनि डागर नलिई पचाएको छ भन्ने चिफ् को-अर्डिनेटर राईले बताए। आजदेखि शुरू गरिएको पैदल यात्रामा हाम्रो पार्टीको तकदाह तकलिङ समष्टि अध्यक्ष लगायत पार्टी कार्यकर्ता एंव समर्थकहरूको भीड रहेको बताइएको छ।