गान्तोक: पाकिम जिल्ला अन्तर्गत डिकलिङ एमपीसीएस लिमिटेडको वार्षिक आम सभा आज पाचेखानी विद्यालय परिसरमा सम्पन्न भयो। यस अवसरमा जिल्ला उपाध्यक्ष प्रभा प्रधान, डिकलिङ एमपीसीएसका प्रबन्धन समितिका सद्सय लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
एओ निमा छिरिङ भोटियाले वार्षिक रिपोर्ट प्रस्तुत गर्दै वर्षभरिको हिसाब किताबबारे विस्तृतरूपमा जानकारी गराए। सोही क्रममा सिस्को ब्याङ्कका प्रबन्धकले नाबार्डद्वारा शुरू गरिएको विभिन्न योजनाको कार्यान्वयन गरिएको जानकारी गराए। यसरी नै एआरसीएस रोहिनी मुखियाले सहकारी मन्त्रालयद्वारा शुरू गरिएको विभिन्न पहलहरूबारे प्रकाश पारे। यसरी नै उनले प्रधानमन्त्री ‘सहकार से-समृद्धि’ को परिकल्पनालाई साकार पार्न सहकारी संस्थाहरूलाई सुदृढ गर्न सहकारी मन्त्रालयले गरेका पहलबारे प्रकाश पारिन्।
विशेष गरेर गाउँहरूमा सहकारी समितिको गठन, प्राथमिक कृषि सहकारीहरूको कम्प्यूटरीकरण, “प्रधानमन्त्री भारतीय जन औषधि कार्यक्रम (पीएमबीजेपी)” को कार्यान्वयन, ई-सेवाहरूको लागि साझा सेवा केन्द्रहरूकोरूपमा काम गर्ने योग्यता, ब्याङ्किङ, एलपीजी वितरण, बहुराज्यीय बीउ सहकारी संस्थाले किन्ने सर्वसम्मतिले निर्णय लिएको अवगत गराए।