‘आयुष्मन भव योजना’ अन्तर्गत नाम्चीमा स्वास्थ्य मेला आयोजित

IMG-20230923-WA0270.jpg

नाम्ची: राज्यको स्वास्थ्य एवम परिवार कल्याण विभागको पहलमा प्रत्येक सप्ताह स्वास्थ्य मेला आयोजना गर्दै आइरहेको छ। आयुषमन भव योजना अन्तर्गत नाम्ची जिल्लाका पीएचसी, एचडब्ल्यूसी, सीएचसीमा यस प्रकारको कार्यक्रम आयोजना भइरहेको छ। आयुष्मान भव अन्तर्गत योजना अन्तर्गत नाम्ची जिल्लाको विभिन्न स्थानहरूमा स्वास्थ्य मेला गत १६ र २२ सेप्टेम्बरसम्म आयोजना भएको जानकारी गराइएको छ।आयुष्मान भव स्वास्थ्य मेलाले सीमान्तकृत मानिसहरूलाई निरन्तर हेरचाहको लागि विशेष प्राथमिकताका साथ औषधि प्रदान गर्दै आइरहेको छ। उल्लेखनीय छ, आयुषमन भव मेला गत १६ सेप्टेम्बरदेखि राज्यभरि नै शुरू भएको हो भने यस अन्तर्गत ग्रामीण क्षेत्रका मानिसहरूको स्वास्थ्य जाँच निःशुल्करूपमा गराउँदै औषधि पनि वितरण कार्यक्रम गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement