तीनधारेमा सर सफाई साथै सचेतना कार्यक्रम सम्पन्न

IMG-20230923-WA0247.jpg

खरसाङ: तीनधारेको राजबारीस्थित जनयोवा संघ भवनमा जनचेतना कार्यक्रम साथै राजबारीमा सफाई अभियान कार्य शुरू गर्न घैयाबारी ग्राम पञ्चायत दुईको निर्वाचित पञ्चायत सदस्य अजय बिश्वकर्मको नेतृत्वमा शुरू गरिएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा नारी उत्थान कल्याण समितिका चेयरम्सान पुष्पा प्रधान उपस्थित थिइन्। त्यसरी नै पञ्चायत समिति सदस्या स्नेह बरदेवा, पञ्चायत सदस्य योगराज प्रधान, पञ्चायत सदस्या सुष्मिता गजमेर साथै तीनधारे राजबारीको १, २, ३, ४ वार्डका स्वनिर्भर समूहसंग जनचेतना साथै सर सफाईबारे एक महत्वपूर्ण सभा राखियो। उक्त सभामा आफ्नो गाउँलाई आफै स्वच्छ राख्नु पर्ने विषयमा परिचर्चा गरिएको साथै भोलिदेखि पञ्चायत सदस्य अनि सम्पूर्ण स्वनिर्भर दलहरूद्वारा सफाई गरिने निर्णय लिएको जानकारी पञ्चायत सदस्य अजय विश्वकर्मले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement