पाण्डामबासीले शीघ्र पिउने पानी पाउने छन्ः एलबी दास

n5405292401695482870666ad0e4a73b5c2ecab77ae01f64eb40e49a217bdd9bae8c4b30192097cab7939a9.jpg

गान्तोक: पाण्डामबासीको पिउने पानीको सपना अब पुरा हुने भएको छ। उक्त क्षेत्रका मानिसहरूको पिउने पानीको समस्या समाधान गर्ने उद्देश्यले आज क्षेत्र विधायक एवम मन्त्री एलबी दासले छाङ्गु परिसरमा रहेको तीनवटा पानीको मुहानको निरीक्षण गरे। जल जिवन मिशन र राज्य सरकारको पहलमा पाण्डामबासीलाई पिउने पानी उपलब्ध गराउन एक सय ३२ करोडको लागतमा परियोजना शुरू गरिने भएको छ। पिउने पानीको मुहानको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री दासले पाण्डामको दुईवटा ग्राम पञ्चायत यूनिट र रिनाकको निम्ति एउटा जीपीयूलाई पानी पुऱ्याउने उद्देश्यले काम थाल्नी गरेको बताए। एसकेएम पार्टी सरकारमा आउन भन्दा पाण्डामबासीलाई दिएको बचन पुरा गर्न आफू प्रतिवद्धता रहेको अवगत गराए। उक्त परियोजना यदि कुनै बाधा अढचनविना निरन्तर सञ्चालन भएमा अवश्य पनि आगामी २०२४ को मार्चभित्र पुरा हुने र पाण्डामबासीले पिउने पानी पाउन सक्ने सम्भावना व्यक्त गरे। उनले बताए अनुसार पाण्डामबासीले देखेको र भोग्न परिरहेको पिउने पानीको समस्या समाधानको दिशातर्फ लागेको र अब उनीहरूको सपना विपनामा परिणत हुनेछ। पाण्डामबासीले विश्वास गरेर एसकेएम पार्टीलाई मतदान दिएर बिजयी बनाएपछि उनीहरूलाई दिएको आश्वासन र बचन पुरा हुने जानकारी गराए। यसै क्रममा पाकिम जिल्लाका डीई कैलाश शर्माले ताम्जे खोला, छाङ्गु र राजगढ झीलको पानीमा पाइप लगाएर पाण्डामबासीलाई पिउने पानी उपलब्ध गराउने अवगत गराए। यस स्थानमा दस लाख लिटरको दुईवटा पानीको ट्याङकी राख्ने र त्यहाँबाट पाइप लगाएर पानी पुऱ्याउने बताए।

छाङ्गुदेखि लगभग ४३ किलोमिटर टाडामा अवस्थित पाण्डाम गाउँमा पानी पुऱ्याउने उद्देश्यले विभाग साथै मन्त्रीले निरन्तर प्रयास गरिरहेक बताए। सोही प्रकारले विभागका अध्यक्ष कर्मा टाशी भोटियाले २८ अप्रेल २०२१ को दिन आफूले उक्त क्षेत्रको भ्रमण गर्दै पाण्डामवासीलाई यस क्षेत्रबाट पानी उपलब्ध गराउनु पर्ने उद्देश्यले निरीक्षण गरेको बताए। पाण्डाबासीलाई पिउने पानी उपलब्ध गराउनको निम्ति जलजिवन मिशनका टोलीले तीन पल्टसम्म भ्रमण गरेको अवगत गराए। जेजेएम टोलीले यहाँबाट पाण्डामबासीलाई पिउने पानी पुऱ्याउन सकेको खण्डमा उत्तरपूर्वी राज्यहरूमा सबै भन्दा ऐतिहासिक काम हुने बताएको उनको भनाइ रहेको छ। यति धेरै दुरीबाट पिउने पानी उपलब्ध गराउनु धेरै कठीन र चुनौतीपूर्ण रहेको तर वर्तमान सरकारको पाण्डामबासी प्रतिको सोंचलाई लिएर मात्र यो सम्भव हुन सकेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement