खरसाङ: वरिष्ठ नाटककार एंव वरिष्ठ साहित्यकार एंव गोर्खा जनपुस्तकालय खरसाङको सभापति साथै जागृति परिवार खरसाङको संस्थापक पूर्ण गुरुङ ‘निरूपम’ पत्नी शोकमा परेका छन्। पूर्ण गुरुङ ‘निरुपम’ की पत्नी कविता गुरुङको शनिवार बिहान ८.३० बजेतिर ६३ वर्षको उमेरमा निधन भएको छ। उनी गत केही दिनदेखि अस्वस्थ्य भएर उपचाराधीन अवस्थामा रहेकी थिइन्। कविता गुरुङ आफै पनि विभिन्न सामाजिक संघ संस्थाहरुसित संलग्न रहेका थिए। उनी विशेष गरेर प्रगतिशील नारी समिति, निम्न डुमारामका संस्थापक एवम् सक्रिय सदस्या थिइन्। कविता गुरुङले आफुपछि पति पूर्ण गुरुङ ‘निरुपम’, एक छोरा – बुहारी, एक छोरी -ज्वाईं , नाती-नातिनीहरु छोडी गएका छन्। उनको निधनमा गोर्खा जन पुस्तकालय खरसाङ अनि जागृति परिवारद्वारा गहिरो शोक व्यक्त गरिएको छ। दुवै संस्थाको पक्षबाट दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन्। उनको अन्तिम यात्रा आइतबार २४ सेप्टेम्बर २०२३ को दिन अपराह्न १ बजी निजी बासस्थान निम्न डुमाराम, खरसाङबाट निकालिने छ भएको जानकारी गोर्खा जनपुस्तकालय खरसाङको उप सभापति प्रकाश प्रधानले दिएका छन्।