खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँ नव युथ क्लबको आयोजनामा गत सेप्टेम्बर २ तारिखदेखि शुरु भएको २६औं गान्धी स्मारक फुटबल टुर्नामेण्टको पहिलो क्वाटर फाइनल खेल आज २३ सेप्टेम्बर शनिवारको दिन सम्पन्न भएको छ। उक्त खेलमा प्रथम म्याच एमएम युनाइटेड मामरिङ बनाम मंगर सिक्स सिम्लेबीचमा भएको थियो जसमा शुन्यको विरुद्धमा ५ गोल लगाएर एमएम युनाइटेड बिजयी बनेको छ। त्यसरी नै दोस्रो खेल एनएच रियालिटी लोहापुल बनाम मिक्सअप बोइज मंग्पुमाझ भिडन्त भएको थियो। यस खेलको अन्तसम्म पनि एक एक गोलमा ड्र भएको कारण पेनल्टीमा ३ को बिरुद्दमा चार गोल गरेर मिक्स अप बोइज मंग्पुले सेमिफाइनलमा प्रवेस गरेको छ।

अब आईतबारदेखि दोस्रो क्वाटर फाइनलको प्रथम खेला एलएस बोइज बनाम दार्जिलिङ एफसीमाझ हुनेछ भने दोस्रो म्याच बेथसदा चर्च लाठपञ्जार बनाम आदर्श परिवार चौरातर धुरामाझ सम्पन्न हुनेछ। स्मरण रहोस यस खेलमा मुख्य निर्णायकको भूमिका फानोस लेप्चाले निर्वाह गरेका थिए भने सह निर्णायक सञ्जुएल लेप्चा साथै एनोरा लेप्चा रहेका थिए। उक्त टुर्नामेन्टको फाइनल खेलका बिजयी दललाई सत्तर हजार नगद राशि साथै ट्रफी अनि पराजय दललाई नगद चालिस हजार साथै ट्रफी प्रदान गरिने जानकारी प्राप्त भएको छ।