खरसाङ: खरसाङ खण्डको तीनधारे चियाबारीबाट ६ जना युवाहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। गत पञ्चायत चुनावको समय निर्दलीय प्रार्थीलाई सहयोग गर्ने छजना युवाहरूले भागोप्रमोको झण्डा समातेका छन्। तीनधारे चियाबारीबाट सामेल हुने युवाहरूमा सुमन छेत्री लगायत सन्तोष राई, शार्कु राई, रमेश सुब्बा, सन्तोष प्रधान, दिपेस राई आदि भागोप्रमोमा सामेल भएका छन्। उक्त युवाहरू भागोप्रमो तीनधारे चियाबारीको संयोजक युवराज प्रधान र पञ्चायत सदस्य दिपेन्द्र तामाङको पहलमा सामेल भएको बताइएको छ। सामेल हुने युवाहरूलाई तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको बाहुलीबाट झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्। छजना युवाहरू भागोप्रमो अध्यक्ष अनित थापाको सोच र कार्यलाई देखेर भागोप्रमोमा सामेल भएको बताएका छन्। उक्त सामेल कार्यक्रममा सभासद नवराज छेत्रीसितै पञ्चायत समिति सदस्य साजन दर्जी, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य दिपेन्द्र तामाङ, भागोप्रमो तीनधारे चियाबारीको संयोजक युवराज प्रधान, रोशन तामाङ, विद्यार्थी संगठनको तीनधारे महानदी समष्टीको सचिव शुभम प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।

उक्त सामेल कार्य विषयमा क्षेत्रीय सभासद नवराज छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे चियाबारीका युवाहरू पार्टी अध्यक्ष अनित थापाको सोच र उनको कार्यहरूदेखि आकर्षित भएर सामेल भएको बताएका छन्। उनले विशेष गरेर पार्टी अध्यक्ष अनित थापाले चियाबारीको लागि पहल गर्दै चियाबारी क्षेत्रका सबै जमीनको पर्जा पट्टाको पहल गर्दै 24 सेप्टेम्बरमा हुने जनसभामा उपस्थित हुने इच्छा जाहेर गरेको बताउँदै अब तीनधारे चियाबारीमा एउटै दह्रिलो पार्टीको रूपमा भागोप्रमो नै रहेको पनि बताएका छन्। त्यसरी नै सामेल हुनेहरूमा एकजना युवा सुमन छेत्रीले आफुहरू गत पञ्चायत चुनावको समय निर्दलीय प्रार्थीलाई सहयोग गरेको तर अब हामी सबै युवाहरू भागोप्रमो अध्यक्ष अनित थापाको काम देखेर भागोप्रमोमा सामेल भएको बताएका छन्।