कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको निर्देशनमा सिभिक एक्सन प्रोग्राम अन्तर्गत कौशल विकास प्रशिक्षण अधीनस्थ भोटाङ सीमान्त गाउँका स्थानीय २५ जना बेरोजगार युवाहरूलाई ३० दिने वेल्डिङ शिविरको उद्घाटन भारत भोटाङ सीमान्त गाउँ टोटोपाड़ामा सम्पन्न भयो। उक्त अवसरमा हर्ष सिन्हा डेपुटी कमान्डेन्टको पनि उपस्थिति रहेको थियो।
टोटोपाड़ा बालालगढी विशेष क्याडर प्राइमरी बिद्यालय होलापाड़ामा सञ्चालन गरिएको उक्त कार्यक्रममा एसएसबीले युवाहरूलाई तालिम कार्यक्रम बाहेक सीमावर्ती क्षेत्रमा खेलकुद कार्यक्रम तथा बाख्राका बच्चा तथा वस्तु वितरण कार्यक्रम पनि गरिने बताएको छ। छोरी बचाऔँ छोरी पढाऔँ, सेना बलमा महिला भर्ना प्रक्रिया, लागुऔषध मुक्त भारत अभियान, मेरो माटो मेरो देश लगायतका विषयमा पनि एसएसबी अधिकारीगणले विस्तृत जानकारी शिविरमा दिइएको थियो। सो अवसरमा एसएसबीका इन्चार्ज टोटोपाड़ा बीओपीका ए. हिमो सिंह, टोटोपाड़ा बल्लालगढी ग्राम पञ्चायतका उपप्रधान हेमा मोक्तान एवम् अन्य जनप्रतिनिधि तथा एसएसबीका जवानहरूको उपस्थिति रहेको थियो।