हुगलीः शनिवार र आइतवार सियालदह शाखामा धेरै लोकल ट्रेनहरू रद्द रहनेछ, जसबाट यात्रीहरूलाई समस्या हुने आशंका छ। दमदम स्टेशनमा मुख्य अप लाइनमा रख-रखाव कार्यको निम्ति सप्ताहान्त ट्रेनहरू रद्द गरिएको छ।
पूर्वे रेलवे अनुसार, शनिवार राति ९.३० बजीदेखि आइतवार बिहान ९.३० बजीसम्म दमदम स्टेशनमा मेन अप लाइनमा काम जारी रहनेछ। यसैले धेरै लोकल ट्रेनहरूलाई दुई दिनको निम्ति रद्द गरिने फसेला लिइएको छ। शनिवार सियालदहदेखि तीन लोकल ट्रेनहरू रद्द गरिएको छ। आज बनगाउँदेखि दुई ट्रेनलाई रद्द गरिएको छ। डानकुनीबाट एउटा ट्रेन रद्द गरिएको छ।
आइतवार सियालदहबाट १२ लोकल ट्रेनहरू रद्द गरिएको छ। बनगाउँबाट तीन ट्रेन रद्द गरिएको छ। हाबरादेखि दुई ट्रेन रद्द गरिएको छ। हासनाबादबाट पनि दुई ट्रेन रद्द गरिएको छ। डानकुनीबाट तीन, दत्तपुकुरबाट दुई र बारासातबाट एक ट्रेन रद्द गरिएको छ। बारासात-दत्तपुकुर लोकल ट्रेन आइतवार बिहान ७.०२ को साटो ८.१० बजी बारासात स्टेशनबाट हिँड्नेछ।
-हिस