आइतवारदेखि हावड़ा पटना र राँचीबीच वन्दे भारतको यात्रा शुरू

IMG-20230410-WA0169-11-300x172-9

हावडाः हावड़ादेखि बिहारको राजधानी पटना र झारखण्डको राजधानी राँचीबीच बहुप्रतीक्षित वन्दे भारत एक्सप्रेसको यात्रा आइतवारदेखि शुरू हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमले यसलाई हरियो झण्डा देखाउनेछन्। रेलवेको तर्फबाट जारी बयान अनुसार, आइतवार दिउँसो १२.३० बजी पटना जंक्शनबाट वन्दे भारत ट्रेनलाई हरियो झण्डा देखाइनेछ।

जबकि हावड़ादेखि राँचीसम्म चल्ने वन्दे भारत एक्सप्रेसलाई हावड़ा स्टेशनबाट प्रस्थान गराइनेछ। यी दुवै रूटमा वन्दे भारतको ट्रायल रन पूरा भइसकेको छ। हावड़ादेखि पटनाबीच वन्दे भारतले केवल ६.३० घण्टामा ५३० किमीको दूरी तय गरेको थियो। पटनादेखि बिहान ८ बजी ट्रेन प्रस्थान हुनेछ र दिउँसो लगभग २.३० बजी हावड़ा पुग्नेछ। हावड़ाबाट साझँ ४ बजी हिँड़ेर राति १०.३० बजी पुनः पटना फर्किनेछ।

दक्षिण पूर्व रेलवे सूत्रहरू अनुसार, राँची-हावड़ा-राँची वन्दे भारत एक्सप्रेस २७ सेप्टेम्बरदेखि नियमित यात्रा शुरू गर्नेछ। ट्रेन बिहान ५.१५ बजी राँचीदेखि हिँड्नेछ र त्यही दिन दिउँसो १२.२० बजी हावड़ा पुग्नेछ। वन्दे भारत हावड़ादेखि दिउँसो ३.४५ बजी हिँड्नेछ र त्यही दिन राति १०.५० बजी राँची पुग्नेछ। बाटोमा ट्रेन मुरी, कोटशिला, पुरूलिया, चान्डिल, टाटानगर र खड़गपुर स्टेशनहरूमा रोकिनेछ। दक्षिण पूर्व रेलवे सूत्रहरू अनुसार, ट्रेन मंगलवार छोड़ेर हप्तामा छह दिन कद्नेछ।

-हिस

About Author

Advertisement