कोलकाताः पश्चिम बंगालसॅंग जोडिएको भारत बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बलले उत्तर २४ परगना, मुर्शिदाबाद र नदिया जिल्लामा भारी मात्रामा गॉंजा, फेन्सीडल र नशालु औषधिहरू जफत गरेको छ। शनिवार बीएसएफले जारी गरेको एक बयानमा उक्त जानकारी दिइएको छ।
बयानमा भनिएको छ, ११.६५ किलोग्राम गॉंजा, २७४ बोतल फेन्सीडल र ५० बोतल ह्युमन नरमल एब्डोमेन इन्जेक्शन जफत गरिएको छ। फेन्सीडलको मूल्य लगभग ५५ लाख ८४५ रूपियॉं, इन्जेक्शनको मूल्य लगभग १.४५ लाख रूपियॉं र गॉंजाको मूल्य लगभग १.२० लाख रूपियॉं बताइएको छ। उक्त घटनाहरूमा कसैलाई पक्राउ भने गरिएको छैन।
उत्तर २४ परगनामा फेन्सीडल जफत गरिएको छ भने मुर्शिदाबादमा इन्जेक्शन र नदियामा गॉंजा जफत गरिएको छ।
-हिस