डुवर्स तामाङ बौद्ध संघको चौथो स्थापना दिवस बन्दापानीमा पालन

7dd5ed59-2c7c-494a-896c-f3a583c654df

कालचिनीः डुवर्स तामाङ बौद्ध संघको चौथो स्थापना दिवस शनिबार मदारीहाट-बीरपाड़ा ब्लक अन्तर्गत पर्ने बन्दापानी स्थित बौद्ध गुम्बा परिसरमा सम्पन्न भयो। संघको सभापति धनबहादुर वाईबाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा मुख्य अतिथिको रुपमा मदारीहाट बीरपाड़ा पञ्चायत समितिको सभापति आशा एस बम्जनको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा कालचिनी पञ्चायत समितिको सहकारी सभापति नितु राणा तामाङ लगायत संघको पहिलो मुख्य प्रधान संरक्षक सतीशकुमार थिङ, असिम पाख्रिन एवम् संघका केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम शुरु हुन अघि राष्ट्रिय झण्डा, संघको झण्डा र धर्मको झण्डाको उत्तोलन क्रमैले मदारीहाट बीरपाड़ा पञ्चायत समितिको सभापति आशा एस बम्जन, धनबहादुर वाईबा र स्थानीय धर्मगुरुको बाहुलीबाट गरिएको थियो। कार्यक्रम शुरु हुन अघि भर्खरै दिवंगत अखिल भारतीय तामाङ बौद्ध संघको पूर्व महासचिव नीमा थिङको स्मृतिमा एक मिनटको मौन धारण पालन गर्दै टाँशी ग्येपा अर्थात अष्टमंगल पाठ सम्पन्न गरिएको थियो। संघको केन्द्रिय सदस्य सुमन पाख्रिनको उद्घोषणामा सम्पन्न सो सभामा स्वागत भाषण बन्दापानीका आयोजक कमिटीको सक्रिय सदस्य दुर्गी स्याङ्बो तामाङले राखेकी थिईन।
सचिवको प्रतिवेदन संघका मूलसचिव कुमार गोलेले प्रस्तुत गरेको थियो भने पूर्व, मध्य र पश्चिम डुवर्सका संघ प्रतिनिधिहरूले आ-आफ्नो शाखाको रिपोर्ट प्रस्तुत गरेको थियो। कार्यक्रम अवधि नै संघको पक्षबाट मदारीहाट बीरपाड़ा पञ्चायत समितिको सभापति आशा एस बम्जन सहित कालचिनी पञ्चायत समितिको सहकारी सभापति नितु राणा तामाङलाई स्मृति चिन्ह प्रदान गरिएको थियो। यसैबीच संघको पहिलो मुख्य प्रधान संरक्षक सतीश कुमार थिङलाई पनि प्रमाणपत्र सहित सम्वर्द्धना प्रदान गरिएको थियो। मूलतः डुवर्स क्षेत्रको तामाङ सन्तानलाई एकसुत्रमा बाँध्न औ तामाङहरूको भाषा, साहित्य , संस्कृति औ परम्पराको संरक्षण गर्ने उद्देश्यले विगत चार बर्ष अघि डुवर्स तामाङ बौद्ध संघको गठन भएको र अहिले डुवर्समा यसको शाखा विस्तार कार्यक्रम चलिरहेको मूलसचिव कुमार गोलेले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement